• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरियामा लाख कमाउन सकिन्छ तर लाख दुःख भोगेर

64x64
नेपाल लाइभ शनिबार, साउन १९, २०७५  ११:११
1140x725

नेपाल र कोरिया सरकारबीच सन् २००७ मा दुई पक्षीय श्रम सम्झौता भयो। सन् २००८ बाट  रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर नेपालीहरु रोजगारीको लागि कोरिया जाने क्रम सुरु भयो। कम खर्चमा तुलनात्मक रुपमा बढी आर्जन हुने भएकाले कोरिया पछिल्लो समय युवापुस्ताहरुको आकर्षक रोजगार गन्तव्य बनिरहेको छ।

बर्सेनी हजारौंको संख्यामा शिक्षित युवाहरू कोरियाको सपना बोकी भाषा परीक्षाको लागि आवेदन दिइरहेका छन्। उनीहरुको लागि विद्वविद्यालको डिग्रीभन्दा कोरियाको भिजा बढी महत्त्वपूर्ण भएको छ। पछिल्लो दस बर्षमै करिब ४० हजारभन्दा बढी नेपाली युवाहरू कोरिया पुगिसकेका छन्।

रोजगारीका लागि नेपाली युवाहरु बढेसँगै कोरियामा डरलाग्दो गरी आत्महत्या, औद्योगिक दुर्घटना, सुतेकै अवस्थामा मृत्युका घटनाहरु बढिरहेका छन्। डिप्रेसन तथा अन्य शारीरिक तथा मानसिक रोगीको संख्या पनि बढ्दै गएको छ।

इपिएस कोरिया शाखाका अनुसार औसतमा प्रत्येक वर्ष ९ जनाले ज्यान गुमाउने गरेका छन्।

रोजगारीको लागि परदेश जानेहरुसँग ससाना सपना हुन्छन्। जस्तो कि, घर बनाउने, परिवारको आवश्यकता पूरा गर्ने, बालबच्चालाई ठिकैको स्कुलमा पढाउने। यो स्वभाविक पनि हो। तर त्यस्ता सपना पूरा नहुँदै कैयौंले संसार छाडिसक्छन्।

जिडिपीको ठूलो हिस्सा रेमिट्यान्सले धानेको छ। तर रेमिट्यान्स पठाउने युवाहरुको सुरक्षाको लागि सरकार पटक्कै संवेदनशील भएको देखिँदैन। बस्, युवाहरुको हातमा पासपोर्ट धमाउन मात्रै हतारो भइरहेको देखिन्छ।

कोरियाको सन्दर्भमा हाल नेपाल सरकारले नेपाली दूतावासमार्फत नेपाली कामदारको स्थिति समस्या, चुनौती र अवसरहरुको बारेमा कुनै पहलकदमी लिइएको पाइँदैन। गम्भीर प्रकृतिका समस्याहरुको लागि मनोचिकित्सक, परामर्शदाता सहितको अन्तर्क्रिया त परको विषय भइहाल्यो।

नेपालीहरुका बीचमा आपसी समन्वय र सहकार्य गर्नुपर्ने महत्त्वपूर्ण राष्ट्रिय उत्सव र पर्वमाहरु समेत दूतावासले मनोमानी ढंगले कार्यक्रम गर्दै आएको छ। कामदार तथा नेपाली समुदायको सहकार्यमा दूतावास पटकपटक चुकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सररकाले पनि समस्याहरुको समाधानका लागि नेपाली कामदारहरुको स्थलगत अध्ययन गरी यथोचित ढङ्गले नीतिगत, कार्यगत र प्रक्रियागत रुपमा ठोस योजनाहरु तर्जुमा गरिरहेको पाइँदैन। विदेशी सहयोग परामर्श केन्द्रमार्फत दिइने दोभाषे सेवा चौबिसै घण्टा पुर्‍याई क्षेत्रगत रुपमा सेवा बिस्तार गर्ने, बैंक, पुलिस चौकी लगायत अन्य प्रशासनिक तथा कानुनी परामर्शका लागि समुचित प्रवन्ध यथाशक्य अघि बढाउनुपर्ने आजको आवश्यकता हो। तर भइरहेको छैन।

सरकारले गर्नुपर्ने काम अरु पनि छन्। स्थलगत अध्ययन प्रतिवेदनको आधारमा समस्याको वर्गीकरण गरेर निकास पहिल्याउनका निमित्त क्षेत्रगतरुपमा मानसिक एवं शारीरिक दुर्वलताको आधारमा मनोचिकित्सक, विज्ञ परामर्शदाताहरुबाट प्रत्यक्ष अन्तर्क्रियात्मक सेमिनारहरु गर्नुपर्छ। कोरियाको फरक परिवेश, हावापानी, जीवनशैली, भाषा, रहनसहन, संस्कृतिको बारेमा पनि उचित कक्षाको व्यवस्था गरी फरक वातावरणीय विविधतायुक्त परिस्थितिमा सहज समायोजनका सबै सचेत हुनुपर्छ।

दोश्रो कुरा, सरकारी तबरबाट अपेक्षित कुनै सहयोग, सल्लाह या समस्या समाधानको मार्ग नपहिल्याइएको अवस्थामा व्यक्तिगतरुपमा आफू, आफैं र आफ्नो लागि स्वयं सजगता र सचेतता अपनाउनुपर्ने देखिन्छ। जस्तै, कार्यस्थलमा औद्योगिक दुर्घटनाबाट बच्न सुरक्षाको सम्पूर्ण प्रक्रिया अपनाइ ध्यानपूर्वक काम गर्ने, डिप्रेसनबाट जोगिन एक्लै नबस्ने, साथीहरु सँग समय बिताउने, कम्पनीभित्र या बाहिर सधैं आफ्नो स्वास्थ र सुरक्षाको बारेमा सतर्क हुनुपर्छ। वातावरण, जीवनशैली, हावापानी, चुनौती र अवसरहरुको बारेमा अभिमुखिकरण मार्फत सवल र दुर्वल पक्षहरुको बारेमा पर्याप्त जानकारी दिनुपर्ने देखिन्छ।

प्रत्येक महिना विभिन्न कारणले लगातार नेपालीहरुको निधनको खबर हेर्नु, सुन्नु र  सामाजिक सञ्जालमा रोदन मिश्रित श्रद्धाञ्जली अर्पण गर्नु कोरियामा बस्ने हाम्रो विवशता बनेको छ।
कोरियाका बारेमा आम रुपमा सुनिने चर्चा, भाषा कक्षा सञ्चालकले देखाउने सपना वा हामीजस्तै कैयौंले देखेको सपनाजस्तो सहज यहाँ हुँदैन। कोरियाका बारेमा नेपालमा मासिक कमाइको एकोहोरो सपनामा पिङ खेल्नमात्रै लगाइन्छ भन्ने यथार्थ कोरिया आइपुगेका युवालाई जति अरु कसलाई पो थाहा होला र? 

कलेजमा पढ्दै गरेका र काम गर्ने अनुभव पनि नभएकाहरुले पनि कोरिया आउनुअघि राम्रोसँग सोच्न अनुरोध गर्छु। तर, हाम्रो नेपाली समाज एक खालको मनोसामाजिक रोगबाट ग्रसित पनि छ। लहैलहै र अति उत्साहले मानिसलाई हरेक ठाउँबाट मोड्न सक्छ। सपना देखाउन सक्छ। तर कोरियाको सन्दर्भमा बाबुआमा, छिमेकी या साथीभाइको लहैलहैमा लाग्नु जरुरी छैन। अरु कसैले कमाएको भन्ने सुनेर उत्साही हुनु पनि जरुरी छैन। भन्छन् नि– 'अर्काले घोडा चढे भन्दैमा आफू धुरी नचढ्नु।' हो, छिमेकीको छोरा कोरियन घोडा चढे भन्दैमा आफूले सपनाको धुरी चढ्नु मुर्खता हो।
पृष्ठभुमि राम्रै छ, जीवनयापन गजबसँग चलेकै छ, पढाइ, व्यापार व्यवसाय, परिवार सबै सामान्य रुपमा चलेकै छ भने कोरिया नआउन नै सुझाब छ, मेरो।

शरीर स्वस्थ छैन भने एकबारको जीवनलाई वियोगान्त फिल्मको कथा जस्तो नबनाउन आग्रह गर्छु। पूर्णरूपमा स्वस्थ, बलियो, आत्मविश्वासी, दृढ सङ्कल्पहरुले मात्रै कोरियाको बारेमा, यहाँको रोजगार पद्धतिका बारेमा अध्ययन गरेर आउनुहोस्।

कोरिया कामको देश हो। 'टाइगर अफ एसिया'को रुपमा विश्वले कोरियालाई चिनेको छ। आजभन्दा करिब ६० बर्षअघि फर्किने हो भने कोरिया गृहयुद्ध, गरिबी, भोकमरीसँग पैठेजोरी गर्दै थियो। तर पछिल्ला ४ दशकको बीचमा यसले असामान्य विकास गरेको छ। आज विश्वसामु विकासकै कारण चिनिएको छ। यसमा प्रत्येक कोरियनको कडा मेहनत जोडिएको छ। काम नगरे यहाँ यहीँका मानिसलाई पनि बाँच्न मुस्किल छ।

कोरियामा आएर नेपाली जीवनशैली नपाँउदा डिप्रेसनको एक तह पार गरेर उम्केको छु। कम्पनीको कामको अवस्था, कम्पनीको मालिक र अन्य कामदारहरुले दिने तनाव, थोरै तलब, कामको पेलाइ इत्यादिका कारण म स्वयं डिप्रेसनमा परेको थिएँ। अहिले ती दिनहरु सम्झिँदा ठूलो दुर्घटनाबाट जोगिएँ जस्तो लाग्छ। मैले भोगेको तनाब कोरियाको प्रतिनिधि समस्या हो। धेरैले तनावपूर्ण वातावरणमा आफूलाई समायोजन गर्दै अघि बढ्न सक्दैनन्। फलस्वरुपमा मानसिक समस्या बढ्दै गएर कयौंले आत्महत्या समेत गर्छन्।

अक्सर मानिसहरु आत्महत्या गर्नु कायरता हो भन्छन् तर यथार्थमा त्यो सत्य होइन। बरु यो तनावको व्यवस्थापन हुन नसक्नुको परिणाम हो। जीवन प्रतिको नैराश्यताको सर्वोच्च बिन्दु हो, जहाँ मृत्युबाहेक अरु केही देखिँदैन।

जिटुजी (सरकारि पद्धति) मार्फत रोजगार सम्झौता हुँदै कोरिया प्रवेश हुने भए पनि इपिएस प्रणालीमा सम्पूर्ण अधिकार रोजगारदातामा निहित हुने कानुनी प्रावधानका कारण समस्या जटिल बन्दै गएको देखिन्छ। कोरियामा सामान्यतया थ्रीडि (डेन्जर, डर्टी र डिफिकल्ट) काम गर्नु पर्छ। दैनिक त्यस्ता काम गर्नु कसैका निम्ति पनि सहज हुँदैन। हाम्रो जीवनपद्धतिमा सामान्यतया त्यस्ता काम हुँदैन। त्यसैले पनि कोरियन कम्पनीमा अत्यन्तै गाह्रो काम गर्नुपरेको धेरैको अनुभव हुन्छ। उसै त गाह्रो काम, त्यसमा पनि दैनिक ८ देखी १५ घण्टासम्म पसिना चुहाएर जोखिम मोल्दै निरन्तर गरिरहनु लहैलहैमा लागेर देखिने भन्दा धेरै कठिन छ।

कोरियामा कमाउन नसकिने होइन, कमाउन सकिन्छ। लाखौं कमाउन सकिन्छ तर लाखौं दुःख भोगेर मात्रै।

प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  ११:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्