काठमाडौं– स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले यसै महिना कतारमा सुरु हुने विश्वकपका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन्।
शुक्रबार घोषणा गरिएको २६ सदस्यीय टोलीमा भेट्रान डिफेन्डरद्वय पीएसजीका सर्जियो रामोस र बार्सिलोनाका जेरार्ड पिके भने परेका छैनन्। ३६ वर्षीय रामोस र ३५ वर्षका पिकेको स्थानमा भ्यालेन्सियाका २२ वर्षीय हुगो गुइलामोन र बार्सिलोनाकै २१ वर्षका एरिक गार्सियाले अवसर पाएका छन्।
रुसमा भएको सन् २०१८ को विश्वकपपछि भेट्रान डिफेन्डर पिकेले स्पेनको राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिए। चार वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका पिकेले अहिलेसम्म सन्यास फिर्ताको औपचारिक जानकारी गराएका थिएनन्। तर, अनौठो त के भने सन्यास लिइसकेका उनै पिकेलाई स्पेनका मुख्य प्रशिक्षक एनरिकेले प्रारम्भिक विश्वकप टोलीमा समावेश गराएका थिए। ५५ सदस्यीय प्रारम्भिक टोली छनोट गर्ने क्रममा इनरिकेले पिकेलाई समेत समावेश गराएका थिए।
विश्वकपको प्रारम्भिक टोलीमा मुख्य प्रशिक्षक एनरिकेले अर्का भेट्रान डिफेन्डर रामोसलाई पनि समावेश गरेका थिए। झण्डै २० महिनापछि पूर्वकप्तान रामोसले राष्ट्रिय टोलीको ढाका ढक्ढक्याएका थिए।
तर, अन्तिम टोली सार्वजनिक गर्दा भने रामोस र पिके दुवैको नाम छैन। एनरिकेले पाकालाई नभएर युवामाथि भरोसा गरेको देखिन्छ।
यस्तो छ स्पेनको विश्वकप टोली:
Goalkeepers: Unai Simon, Roberto Sanchez, David Raya.
Defenders: Dani Carvajal, Cesar Azpilicueta, Aymeric Laporte, Eric Garcia, Pau Torres, Hugo Guillamon, Jordi Alba and Jose Gaya.
Midfielders: Sergio Busquets, Rodri, Koke, Marcos Llorente, Gavi, Pedri and Carlos Soler.
Forwards: Alvaro Morata, Marco Asensio, Ferran Torres, Dani Olmo, Pablo Sarabia, Nico Williams, Yeremy Pino and Ansu Fati.
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।