काठमाडौं – तिहारमा काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार सूचना जारी गर्दै आफ्नो चिनजान भएको ठाउँमा मात्र मर्यादित तरिकाले राति ९ बजेसम्म देउसी–भैलो खेल्न आग्रह गरेको हो।
उपत्यकाका तीनवटै अर्थात काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको निर्णय अनुरुप प्रहरीले सूचना जारी गरेको बताइएको छ ।
त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन र जुवा–ताससमेत खेल्न निषेध गरिएको सूचनामा उल्लेख छ।
हेरौं सूचना :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।