रौतहट– राष्ट्रिय महिला फुटबल टिममा आबद्ध खेलाडी लक्ष्मी कुमारी पौडेल मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन्।
रौतहटको चन्द्रपुर–५ मा रहेको मुन ड्रप्स वेभरेज कम्पनी प्रालिले बार्षिक १ लाख ५० हजार पारिश्रमिक पाउने गरी उनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो।
कम्पनीका कार्यकारी निर्देशक दिपक कुमार साहले फुटबल खेलबाट अन्तराष्ट्रियस्तरमै देशको नाम राख्न सफल भएकी पौडेललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गर्न पाउनु कम्पनीको शौभाग्य भएको बताए। रौतहटकै खेलाडी पौडेल जिल्लाको सान भएकीले पनि ब्राण्ड एम्बास्डर नियुक्त गरिएको उनको भनाई छ। यसले खेलाडीलाई प्रोत्साहन समेत मिल्ने उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।