रसुवा– काम गर्ने क्रममा क्रसरमा कपडा बेरिएर रसुवामा एक जनाको ज्यान गएको छ।
ज्यान जानेमा तनहुँ घर भई हाल जिल्लाको आमाछोदिङमो गाउँपालिका–५, तिलोचेतस्थित बज्रगुरु कन्स्ट्रक्सन कम्पनीको क्रसर प्लान्टमा काम गर्दै आएका २० वर्षीय छबिलाल थापा मगर रहेको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए।
बुधबार साँझ ७ बजे काम गरिरहेको समयमा क्रसरमा कपडा बेरिँदा गम्भीर घाइते उनको उपचारका लागि सदरमुकाम धुन्चे ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी नायब उपरिक्षक तामाङले बताए।
मगरको क्रसर प्लान्टमा कपडा बेरिँदा बायाँ हात र खुट्टा छिनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।