काठमाडौं– कतारमा विश्वकप फुटबल सुरु हुन एक महिनामात्र समय बाँकी रहँदा खेलाडी घाइते हुने क्रम झनै बढिरहेको छ।
यसैबीच, पोर्चुगलका फरवार्ड डिएगो जोटाले पनि विश्वकप गुमाउने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लिभरपुलका फरवार्ड जोटा केही दिनअघि म्यानचेस्टर सिटीविरुद्धको खेलमा घाइते भएका थिए। इंग्लिस प्रिमियर लिगको सो खेल लिभरपुलले १–० ले जितेको थियो।
काफ इन्जुरी भएका जोटाले विश्वकप गुमाउने लगभग निश्चित भएको लिभरपुलकै प्रमुख प्रशिक्षक जोर्गन क्लोपले बताएका हुन्।
जोटा पोर्चुगलका प्रमुख हतियार हुन्। उनी विश्वकपमा नहुँदा टोलीले ठूलो घाटा पर्ने विश्लेषण गरिएको छ। नोभेम्बर २० देखि विश्वकप सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।