काठमाडौं– फोटो पत्रकार क्लबद्वारा आयोजित नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी काठमाडौंमा सूरु भएको छ।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बुधबारबाट सुरु गरिएको प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरे।

आगामी साउन २१ गते बुधबारसम्म चल्ने फोटो प्रर्दशनीमा प्रतियोगितामा उत्कृष्ट छनौट भएका १ सय ६० वटा तस्बिरहरु राखिएको क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिए।
त्यस अवसरमा मन्त्री अधिकारीले फोटो पत्रकारहरुले नेपालमा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै खुसी व्यक्त गरे। उनले फोटो पत्रकारितालाई व्यवसायिक बनाउन सघाउने आश्वासन पनि दिएका थिए।
मन्त्री अधिकारीले फोटो पत्रकारहरुले रोजगारीको अवसर सृजना गर्ने काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न समक्ष हुने विश्वास व्यक्त गरे।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।