मङ्गोलिया– मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले घरबारविहीनका लागि थप कल्याणकारी व्यवस्था गर्न निर्देशन दिएका छन्।
कल्याणकारी व्यवस्था र कानूनी व्यवस्थामा सुधार गर्न गठन गरिएको कार्यदललाई घरबारविहीनका लागि विशेष व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएका सरकारी अधिकारीहरूले बुधबार जनाएका छन्।
कार्यदलको नेतृत्व श्रम तथा सामाजिक प्रवद्र्धन मन्त्री सोड्नोम चिङजोरिङले गरेका समाचारमा जनाइएको छ।
मङ्गोलियामा घरबारविहीन भएकामध्ये आधाभन्दा बढी १८ देखि ४५ वर्षसम्मका रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
घरबारविहीनमध्ये अधिकांश मङ्गोलियाको राजधानी शहर उलान बाटोरका सडकमा बस्ने गरेको अधिकारीहरूले जनाएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।