• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा संस्थापन पक्ष : भातृ संगठनमा देउवाको पकड खुस्किँदै

64x64
नेपाल लाइभ बिहीबार, साउन १७, २०७५  ०१:१९
1140x725

काठमाडौं– निर्वाचनपछि पार्टीमा कमजोर हुँदै गएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको भातृ तथा शुभेच्छुक संगठनमा पनि पकड गुम्दै गएको छ। प्रदेश तथा प्रतिनिधिसभामा हार बेहोरेको कांग्रेसभित्र निर्वाचनपछि संस्थापनइतर समूह बढी सक्रिय र सफल देखिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षबीच भातृ तथा शुभेच्छुक संगठनमा गठजोड बनेपछि देउवा पक्ष ‘कमजोर’ देखिएको छ। 

निर्वाचनपछि भएका आधा दर्जनभन्दा बढी भातृ तथा शुभेच्छुक संगठनको पदाधिकारीमा संस्थापन पक्षको ‘अस्तित्व संकट’मा परेको छ। फागुनमा भएको निर्माण मजदुर संघको अधिवेशनदेखि गत सोमबार सकिएको डेमोक्रेटिक लयर्स एसोसिएनको अधिवेसनसम्म आइपुग्दा संस्थापन पक्ष थप कमजोर भएको हो। निर्वाचनपछि भएका तीन भातृ संगठनको नेतृत्वबाट संस्थापन पक्षले हात धुनुपर्‍यो भने शुभेच्छुक संगठनमा पनि साख जोगाउन सकेन।

परिदृश्य १ 

चैतमा भएको कांग्रेस निकट शिक्षकहरुको अधिवेशनमा देउवा पक्षले हार बेहोरेको थियो। पौडेल र सिटौला पक्षका शिक्षकहरुको प्यानलले पदाधिकारीमा एक पद बाहेक सबैमा जित हासिल गर्‍यो। 

पौडेल पक्षीय शिक्षक राजेन्द्रराज पौडेलले पुनः अध्यक्षमा आउन चाहेका देउवा निकट केशव निरौलालाई पछाडि पारेका थिए। दुई समूहको गठबन्धन बनेपछि संस्थापन समूह फराकिलो अन्तरले पराजित भएको थियो। पदाधिकारीमा देउवा पक्षबाट धनकला भण्डारीले मात्र महिला कोटामा सहमहामन्त्री जितिन्। 

परिदृश्य २

निजामति कर्मचारीको अधिवेशनमा आइपुग्दा देउवा पक्ष थप खस्कियो। चैतको पहिलो साता चितवनमा भएको निजामति कर्मचारी संघको अधिवेशनमा संस्थापन पक्षले हार ब्यहोर्‍यो। 

उद्घाटन सत्रमा शीर्ष तहका नेताहरु पुगेको अधिवेशनमा देउवाले नतिजा आफ्नो पक्षमा पार्न आफू निकट नेता एनपी साउदलाई खटाएका थिए। अर्कोतर्फ निर्वाचनको अघिल्लो दिन कृष्ण सिटौलाले सक्रियता बढाएका थिए। सिटौलाको सक्रियताका कारण संस्थापन पक्षले जित निकाल्न सकेन। 

Ncell 2
Ncell 2
nimb
nimb

सिटौला समूहको समर्थनले पौडेल निकट कर्मचारी गोपालप्रसाद पोखरेल नेतृत्वमा आए। पोखरेलले संस्थापन समूहका राजेन्द्र बुढाथोकीलाई अध्यक्षमा हराएका थिए।

परिदृश्य ३ 

नेपाली कांग्रेसको मजदुर संगठनमा पनि देउवा समूहलाई ‘अस्तित्व जोगाउन’ मुस्किल पर्‍यो। असार पहिलो साता भएको नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं अधिवेशनले पुष्कर आचार्यलाई निर्वाचित गर्‍यो। अध्यक्षका आकांक्षी देउवा निकटका खिलानाथ दाहाल पराजित भए। दाहाल निवर्तमान अध्यक्ष पनि हुन्। 

पौडेल र सिटौला पक्षका मजदुरहरु एकै स्थानमा रहेपछि आचार्यको जित सहज भएको थियो। दुई प्यानलबीच भएको निर्वाचनमा संस्थापन समूहले एक सदस्य पदमा मात्र जित हासिल गर्‍यो। निर्वाचित २७ पदाधिकारीमा २६ जना पौडेल/सिटौला समूहका छन् ।

परिदृश्य ४

निर्वाचनपछि भएका कांग्रेसका चार शुभेच्छुक संगठनका अधिवेशनमा संस्थापनइतर समूह अघि देखिएको छ। फागुनमा भएको निर्माण मजदुर संघको अधिवेशनदेखि संस्थापन पक्षको क्षयीकरण सुरु भएको थियो। ४३ सदस्यीय समितिमा देउवा पक्षले दुई सदस्यमा मात्र चित्त बुझाउनुपरेको थियो। 

निर्माण मजदुर संघको अधिवेशनमा पनि पौडेल र सिटौला पक्ष एकै स्थानमा उभिएका थिए। अधिवेसनबाट पौडेल निकट अधिकांश र सिटौला पक्षका केही मजदुर चयन भए। देउवा पक्षबाट अध्यक्षको प्रत्यासी बनेका हरिशरण नेपाली पराजित भएका थिए। नेपालीलाई पौडेल नजिकका जेबी गुरुङले हराएका थिए। 

यातायात मजदुर संघको नयाँ नेतृत्वमा संस्थापन पक्ष ‘निल’ भएको थियो। चैतको मध्यमा भएको यातायात मजदुर संघको अधिवेशनमा सबै पदमा संस्थापनइतर समूहका पदाधिकारी चयन भएका छन्। 

४७ सदस्यीय कार्य समितिलाई बाँडफाँटमा टुङ्याइएको थियो। देउवा पक्षलाई शून्य अवस्थामा राखेर संगठनमा संस्थापनइतर समूहले कब्जा जमाएको छ। यातायात मजदुर संघको नतिजा आफ्नो पक्षमा पार्नका लागि सिटौला र डा शेखर कोइराला खटिएका थिए।

चैतको अन्तिम साता भएको कांग्रेस निकट इन्जिनियरहरुको अधिवेशनमा पनि पौडेल पक्षका पदाधिकारीले बाजी मारे। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सको अधिवेशनमा पौडेल निकट शंकरप्रसाद पण्डित विजयी भए। पण्डितले देउवा निकटका मुकेश काफ्लेलाई हराएका थिए। १५ सदस्यीय कार्य समितिमा ५ पदाधिकारी र ९ सदस्य पण्डित समूहबाट विजयी भएका थिए। काफ्ले प्यानलले एक सदस्य जितेर चित्त बुझाएको थियो। 

देउवा समूह सबैभन्दा कमजोर डेमोक्रेटिक लयर्स एसोसिएनमा देखिएको छ। अन्य संगठनमा पौडेल र सिटौला समूह एक भई संस्थापन पक्षसँग भिडेका थिए भने लयर्स एसोसिएसनमा देउवा पक्षले अध्यक्षमा उम्मेदवार उठाउन सकेन। 

पूर्वी नवलपरासीस्थित गैंडाकोटमा गत सोमबार सकिएको कांग्रेस निकट कानुन व्यवसायीको अधिवेशनबाट अध्यक्षमा योगेन्द्र अधिकारी विजयी भए। अधिकारी सिटौला निकट हुन्। यसपटक पौडेल र सिटौलाको अलग–अलग प्यानल बनेको थियो। अधिवेशनमा रामकुमार श्रेष्ठ, योगेन्द्र अधिकारी र सिताराम केसी प्रतिस्पर्धामा थिए। केसी नेता पौडेल पक्षबाट प्रतिस्पर्धामा थिए। 

संस्थापनका लागि बलियो विगत 

१३औं महाधिवेशनबाट शक्तिमा आएका पार्टी सभापति देउवाले त्यसपछि भातृ संगठनहरुमा पनि आधिपत्य जमाएका थिए। पार्टीको बागडोर सम्हालेपछि देउवाले प्रमुख भातृ संगठनको नेतृत्वमा पनि आफू पक्षधरलाई ल्याउन सफल भएका थिए। 

भातृ संगठनहरुको महाधिवेशन भनिए पनि टिके प्रथा कायम थियो। जुनसुकै माध्यम अपनाए पनि नेतृत्वमा देउवा पक्षले इतर समूहलाई आउन दिएको थिएन। नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा भागवण्डा मार्फत नेतृत्व चयन गरिएको थियो। अध्यक्ष देउवा पक्षबाट नैनसिंह महरले पाएका थिए भने अर्को शक्तिशाली पद महामन्त्रीमा सिटौला पक्षका कुन्दनराज काफ्ले आएका थिए।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि देउवा र सिटौला समूहले भातृ संस्थामा गठबन्धन बनाउँदै आएका थिए। महिला संघमा देउवा पक्षकी उमा सुवेदीलाई अध्यक्ष बनाइएको थियो भने महासचिवमा सिटौला पक्षबाट धना खतिवडालाई ल्याइएको थियो।

तरुण दलको पदाधिकारी पनि भागवण्डाबाटै तीन समूहले बाँडेका थिए। अध्यक्षमा जितजंग बस्नेत संस्थापन समूहबाट, सिटौला पक्षबाट उपाध्यक्षमा उत्तम चापागाईं र पौडेल पक्षका भूपेन्द्रजंग शाहीलाई महासचिव पद दिएर टुंग्याइएको थियो।

प्रेस युनियनमा तिनै पक्षको भागवण्डा भएको थियो भने सांस्कृतिक संघमा देउवा र पौडेल पक्षले भागवण्डा गरेका थिए। तर, निर्वाचनपछि भने भागवण्डाको चक्र फेरिएर पौडेल र सिटौला एकातिर भेला भएका छन्। जसले सभापति देउवा पक्षलाई दिन प्रतिदिन कमजोर बनाउँदै लगेको बुझ्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन यसका लागि गठित ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। महामन्त्री एव... आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने पार्टी सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्र... आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म महासभाको सामान्य बहस हुनेछ। यस क्रममा विश्वक... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्