दोहा- कतारमा २० नोभेम्बरदेखि १८ डिसेम्बर २०२२ सम्म हुने विश्वकप फुटबल प्रतियोगितालाई लक्षित गर्दै कलक्टिभ फुटबल क्लब (सीएफसी) ले आयोजना गरेको नकआउट फुटबल खेल सम्पन्न भएको छ।
एनआरएनए एनसीसी कतारले सहकार्य र समन्वय गरी नेपाली समुदायभित्रका खेलाडीहरूले डेढ महिनासम्म हरेक हप्ता शुक्रबार खेल खेलेका थिए। उक्त नकआउट फुटबल खेल शुक्रबार राति राजदूत डा नरेश विक्रम ढकालको उपस्थितिमा सम्पन्न भएको छ।
मिसाइदस्थित माइक स्पोर्ट्स खेल मैदानमा नेपाली दर्शकहरूको बाक्लो उपस्थितिकाबीच खेला सम्पन्न भएको आयोजकले जनाएको छ।
नकआउट फुटबल खेलको पूर्वसन्ध्यामामा बंगलादेश र नेपालबीच मैत्रीपूर्ण खेल भएको थियो। उक्त खेलमा बंग्लादेशले नेपाललाई पेनाल्टीमा हराउँदै ‘फ्रेन्सिप कप’ हात पारेको थियो।
आयोजक सीएफसी ब्लु र युवाईएफसीबीच भएको फाइनल खेलमा आयोजक टिमलाई युवाईएफसीले १ का विरुद्ध ३ गोल गर्दै प्रथम स्थान हासिल गर्यो।
विजयी पहिलो र दोस्रो टिमलाई एनआरएनए कतारका अध्यक्ष लगायत पदाधिकारीहरू मायाको चिनो आँखीझ्याल, सम्मान पत्र र शील्ड तथा नगद पुरस्कार वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।