• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी पहाडे उम्मेदवार जसले मधेश रोजे

64x64
नवीन झा शनिबार, असोज २९, २०७९  ०६:१८
1140x725

काठमाडौं- मधेश प्रदेशमा प्रतिनिधि सभाका लागि ३२ र प्रदेश सभाका लागि ६४ निर्वाचन क्षेत्र छन्। आगामी निर्वाचनका लागि त्यहाँ प्रतिनिधि सभा सदस्यका लागि ५९० र प्रदेश सभा सदस्यका लागि १ हजार ६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

प्रतिनिधि सभातर्फ ६८ जना र प्रदेश सभातर्फ ७१ जना पहाडे समुदायका उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएको आयोगको विवरणमा देखिन्छ। मधेशमा पहिचान र अधिकारका लागि आन्दोलन उठेका बेलामा रक्षात्मक बन्न पुगेको पहाडे समुदाय पुनर्घुलित हुँदै गएको भए पनि त्यसको असर भने राजनीतिमा परिसकेको देखिँदैन।

मधेश आन्दोलनअगाडि मधेशमा पहाडे समुदायको नेताहरु प्रमुख पार्टीहरुबाट राम्रै प्रभाव राख्ने गर्थे। तर मधेश आन्दोलनपछि भने परिस्थिति केही फेरियो। प्रमुख दलहरुले पनि पहाडे नेताहरुको सट्टा मधेशी मूलकै नेताहरुलाई प्रोत्साहन गरे। तर, मधेशमा पहाडे जनसंख्या ३० देखि ३५ प्रतिशत रहेकाले निर्वाचनमा ती मतदाताको सोधपुछ र खोजतालास राम्रैसँग हुने गर्छ। खासगरी पूर्व-पश्चिम राजमार्गका छेउछाउ र प्रमुख सहरहरुमा पहाडी समुदायको मानिसहरुको राम्रै घनत्व पाइन्छ।

तर मधेश प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ परेको उम्मेदवारीको विवरण हेर्दा पहाडे समुदायका मानिसले पार्टीबाट भन्दा पनि स्वतन्त्र उम्मेदवारी बढी दिएको देखिन्छ। प्रतिनिधि सभाको ५ सय ९० उम्मेदवारमध्ये पहाडे समुदायका ६८ उम्मेदवार छन्। त्यसमध्ये ३४ जना स्वतन्त्र उम्मेदवार छन्। पार्टीगत आधारमा हेर्दा, ७ जना राप्रपाबाट, ४ जना एमालेबाट, ४ जना राष्ट्रिय स्वतन्त्र पार्टीबाट, २ जना नेकपा एकीकृत समाजवादीबाट, दुई जना कांग्रेसबाट, एक जना जसपाबाट, एक जना लोसपा  र बाँकी अन्य साना दलबाट उम्मेदवारी परेको देखिन्छ।

त्यस्तै, प्रदेश सभातर्फ उम्मेदवारी दिएका १००६ जनामध्ये ७१ जना पहाडे समुदायका छन्।  त्यसमा पनि ३९ जना स्वतन्त्र उम्मेदवार छन्।  ६ जना राप्रपा, ३ राप्रपा नेपाल, ३ जना एमाले, एक जना काग्रेस र बाँकी अन्य साना दलबाट उम्मेदवार छन्।

गणितका कारण कम प्राथमिकता 
मधेशको कुल जनसंख्याको ३० देखि ३५ प्रतिशत जनसंख्या पहाडे समुदायको बताइन्छ। तर मधेश प्रदेशको राजनीतिमा उनीहरुको उपस्थिति कम देखिन्छ। जानकारहरुका अनुसार, मधेश प्रदेशमा रहेका पहाडे समुदाय एउटै क्षेत्र वा जिल्लामा मात्रै बसोबास नगरिकन पूर्व-पश्चिम राजमार्गमा छरिएका छन्। त्यसैले पनि राजनीतिक गणितमा उनीहरु कम महत्त्वमा परेको देखिन्छ। तर समानुपातिकतर्फ मत बढाउन उनीहरुको भूमिका उल्लेखनीय हुन्छ।

राजविराजका कानुन व्यवसायी महेन्द्र देवले निर्वाचनमा प्रत्यक्षतर्फ सबै दलहरु निर्वाचन क्षेत्रमा जित्नेगरी उम्मेदवार तय गर्छन् र त्यही अनुसारको राजनीति हुने भएकाले मधेशमा पहाडे स्थानीय नेताहरु कम देखिएको हो। ‘मधेशको सबै जिल्लाहरुमा पहाडे नागरिकहरु ठीकठीकै जनसंख्या देखिन्छ’, देव भन्छन्, ‘तर निर्वाचन जित्नका लागि कुनै पनि एक/दुई क्षेत्र बाहेक अन्य क्षेत्रमा पहाडे समुदाय निर्णायक देखिँदैन। त्यसैले अब दलहरुले मधेशमा पहाडे नेतालाई कम प्राथमिकतामा राखेको देखिन्छ।’

त्यसको साथै मधेश आन्दोलनले पहिचान र अधिकारको साथै प्रतिनिधित्वको सवालमा पनि प्रश्न उठाएकाले यसको असर काग्रेस, एमाले सहित प्रमुख दलहरु पनि परेको उनी दाबी गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पञ्चायतकालीन राजनीति हेर्ने हो भने मधेशका जिल्ला र अञ्चलको राजनीतिमा पनि पहाडे नेताहरुको दबदबा थियो। त्यो क्रम २०४६ को परिवर्तनपछि पनि जारी राह्यो। २०४६ पछिकै कुरा गर्ने हो गिरिजाप्रसाद कोइरालादेखि माधव नेपालसम्मको राजनीति मधेशबाटै अगाडि बढेको देखिन्छ। मधेश आन्दोलनपश्चात रौतहट-बाट काठमाडौं फर्किएका नेपाल यो पटकको निर्वाचनमा पुनः रौतहट-बाट उम्मेदवार बनेका छन्।

वीरगंजमा बस्ने एमाले केन्द्रीय सदस्य अरबिन्द सिंह मधेशमा पहाडे समुदायका नेताहरु उम्मेदवारको रुपमा प्रमुख दलहरुको छनौटमा कम पर्नुको कारण उनीहरुको स्थिर मनोविज्ञान पनि रहेको बताए। ‘मधेशमा बस्ने पहाडी समुदायहरु अधिकांश सुरुदेखि लागेको आफ्नो पार्टीभन्दा वरपर गर्ने चलन देखिँदैन’, सिह भन्छन्, ‘तर उम्मेदवार बन्नकै लागि अन्तिम चरणमा मधेशमा व्यापक रुपले हुने पार्टी हेरफेरले उनीहरुलाई ओझेलमा पार्ने गर्छन्।’

प्रमुख पार्टीहरुले उम्मेदवार बनाउनकै लागि आफ्नो पार्टीमा प्रवेश गराएपछि उम्मेदवार बनाउनुपर्ने बाध्यता हुने गरेको सिंहको भनाइ छ। उनी मधेशमा रहेको पहाडे समुदायको अब विस्तारै राजनीतिमा कम चासो पनि हुन लागेको बताउछन्। ‘पहिला जस्तो राजनीतिमा उहाँहरुको चासो अब देखिँदैन’, उनले भने, ‘राजनीतिमा चासो हुने पहाडे समुदायका मानिसहरु मधेश आन्दोलनमा यहाँबाट काठमाडौंसहित पहाडी सहरहरुतिर लागेको देखिन्छ।’

विरासतको लडाइँमा हेमबहादुर मल्लका छोरादेखि लीला श्रेष्ठसम्म
'शेरे धनुषा'को उपनामले चिनिएका हेमबहादुर मल्लका छोरा मनोज मल्लले धनुषा- १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्। पञ्चायतको अवसानपछि पनि हेमबहादुर मल्ल नै यो क्षेत्रबाट उम्मेदवारी दिने गर्थे तर उनले कांग्रेसबाट पराजय बेहोरे। संयोग कस्तो भने, कांग्रेसबाट पनि आनन्दप्रसाद ढुंगाना नै उम्मेदवार हुन्थे। मधेश आन्दोलनबाट मल्ल र ढुंगाना दुवैको विरासत ढल्यो। मल्लको केही समयपछि निधन भयो र उनको विरासत थाम्दै छोरा राजनीतिमा आएका छन्। अर्कोतिर, कांग्रेस नेता ढुंगाना समानुपातिकतर्फ सोझिएका छन्।

यस्तै सिरहामा लीलानाथ श्रेष्ठ पनि पहाडे समुदायका प्रभावशाली उम्मेदवार छन। एमाले नेता श्रेष्ठ अघिल्लो पटक पनि प्रतिनिधि सभामा निर्वाचित भएका थिए। २०७० को निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई टक्कर दिएपछि श्रेष्ठको चौतर्फी चर्चा भएको थियो। श्रेष्ठ यो पटक पनि सिरहा- ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका छन्।

मधेश प्रदेशमा उम्मेदवारी दिएका पहाडे उम्मेदवार
प्रतिनिधि सभातर्फ

रोहित कुमार पोखरेलः सप्तरी- १ (स्वतन्त्र)
सुरेश कुमार कार्कीः सिरहा- २ (स्वतन्त्र)
लिलानाथ श्रेष्ठः सिरहा- ३ (एमाले)  
प्रदीप कुमार श्रेष्ठः सिरहा- ३ (स्वतन्त्र )
सिता पौखरेलः सिरहा- ३  (स्वतन्त्र) 
दिप कुमार लामाः सिरहा- ३ (स्वतन्त्र)
ओम प्रकाश श्रेष्ठः सिरहा- ३ (स्वतन्त्र)
सुमित श्रेष्ठः सिरहा- ३ (स्वतन्त्र)
निलेश कुमार श्रेष्ठः सिरहा- ३ (स्वतन्त्र) 
तारादवी भण्डारीः सिरहा- ४  (नेपाल आमा पार्टी) 
दिपक कुमार श्रेष्ठः सिरहा- ४ (स्वतन्त्र) 
दिपक कार्कीः धनुषा- १ (जसपा नेपाल) 
मनोज मल्ल ठकुरीः धनुषा- १ (राप्रपा) 
सुर्य नारायण जोशीः धनुषा- १ (स्वतन्त्र) 
धिरज प्रसाद न्यौपानेः धनुषा- १ (स्वतन्त्र)
गिरीराज मणी पोखरेलः महोत्तरी- १  (माओवादी) 
पुजा घिमिरेः महोत्तरी-१ (राप्रपा) 
गनेश बहादुर आलेः महोत्तरी- १ (राष्टिय जनमुक्ति पार्टी) 
मनु प्रसाद अधिकारीः महोत्तरी- १ (नेपाली काग्रेस बिपी) 
खेम बहादुर भुर्तेलः महोत्तरी- १  (राष्टिय स्वतन्त्र पार्टी) 
केशवकुमार पोखरेलः महोत्तरी- १ (स्वतन्त्र) 
शिव बहादुर खडकाः महोत्तरी- १ (स्वतन्त्र) 
पोषण बहादुर थापाः महोत्तरी- १ (स्वतन्त्र) 
गोपाल बहादुर कार्कीः महोत्तरी- १ (स्वतन्त्र)
शरदसिह भण्डारीः महोत्तरी- २  (लोसपा) 
राम विजय भण्डारीः  महोत्तरी- २ (स्वतन्त्र)
बलराम बस्नेतः सर्लाही- १ (जनसमाजवादी पार्टी नेपाल )
राजेन्द्र प्रसाद मैनालीः सर्लाही- १ (राप्रपा) 
सुरेशराज शर्माः सर्लाही- १ (स्वतन्त्र)
दिपेश कुमार कार्कीः सर्लाही- १ (स्वतन्त्र)
ध्वजमान मुक्तानः सर्लाही- १ (स्वतन्त्र)
मान बहादुर खड्काः सर्लाही- १ (स्वतन्त्र) 
बैकुण्ठ सापकोटाः सर्लाही- १ (स्वतन्त्र)
हरि प्रसाद उप्रेतीः सर्लाही- ३ (एमाले) 
भवानी घिमिरेः सर्लाही- ३ (हाम्रो नेपाली पार्टी) 
ईन्द्रमान बाईवाः सर्लाही- ३ (मंगोल नेशनल अर्गनाईजेश्न) 
पन्चबहादुर सिडतानः सर्लाही- ३ (राष्टिय स्वतन्त्र पार्टी)
ओमप्रसाद मैनालीः सर्लाही- ३ (स्वतन्त्र)
उत्तर कुमार मैनालीः सर्लाही- ३ (स्वतन्त्र) 
माधव नेपालः रौतहट- १ (नेकपा एस) 
सरोज कुमारीः रौतहट- १ (राप्रपा) 
मिस्टर सुर्यदेव प्रसाद कोइरालाः रौतहट- १ (राष्टिय स्वतन्त्र पार्टी)
उध्वप्रसाद रेग्मीः रौतहट- ४ (एमाले) 
देवप्रसाद तिमिल्सिनाः रौतहट- ४ (काग्रेस) 
भवनाथ शर्मा घिमिरेः रौतहट- ४ (स्वतन्त्र)
अविरल घिमिरेः रौतहट- ४ (स्वतन्त्र)
चिरिन्जीवी गौतमः रौतहट- ४ (स्वतन्त्र)
ईश्वरी कार्की काफलेः रौतहट- ४ (स्वतन्त्र) 
प्रदीप विक्रम साहः रौतहत ४ (स्वतन्त्र) 
अच्युत प्रसाद मैनालीः बारा- १ (एमाले) 
भक्त बहादुर दर्लामीः बारा- १ (राप्रपा )
राकेश न्यौपानेः बारा- १ (हाम्रो नेपाली पार्टी )
शिवप्रसाद तिमिल्सिनाः बारा- १ (राप्रपा नेपाल )
गणेश धिमालः बारा- १ (राष्टिय स्वतन्त्र पार्टी )
चनकराज भटराईः बारा- १ (स्वतन्त्र )
कृष्णराज गिरीः बारा- १ (स्वतन्त्र) 
शिवप्रसाद रिजालः बारा- १ (स्वतन्त्र)
अरुणप्रसाद ज्ञवालीः बारा- २ (स्वतन्त्र) 
चन्द्रप्रकाश सुवेदीः बारा- ३ (हाम्रो नेपाली पार्टी) 
नरेशकसमार चौलागााईः बारा- ३ (एकिकृत शक्क्रि नेपाल) 
कृष्णकुमार श्रेष्ठः बारा- ४ (नेकपा एस) 
रोहन कुमारः बारा- ४ (राप्रपा) 
इृच्छा बहादुर बाग्लेः बारा- ४ (स्वतन्त्र)
पुर्णप्रसाद पन्थः बारा- ४ (स्वतन्त्र)
किरनमान डंगोलः पर्सा- १ (राप्रपा) 
अजयकुमार रिजालः पर्सा- १ (नेपाल सुशासन पार्टी)
अवधेश प्रसाद गौरोः पर्सा- ४ (राप्रपा) 
रमेश रिजाल: पर्सा ४ (कांग्रेस) 

प्रदेश सभातर्फ 
राम आशिष शर्माः सप्तरी १ को १ (राप्रपा नेपाल) 
राजेश परियारः सप्रतरी १ को १ (राप्रपा) 
शम्भु बहादुर खड्काः सप्तरीको १ को १ (स्वतन्त्र)
एलिना आचार्यः सप्तरी ३ को २ ः (राप्रपा) 
सनरज कुमारः सिरहा ३ को २ (स्वतन्त्र)
शक्क्रि कुमार लामाः सिरहा ४ को १ (स्वतन्त्र) 
गौरव केसीः धनुषा ३ को २ (स्वतन्त्र)
मिनाक्षी पाण्डेः धनुषा ३ को २ (स्वतन्त्र) 
शोभा कार्कीः धनुषा ४ को ३ (जनता प्रगतिशिल पार्टी)
बासुदेव सुवेदीः धनुषा ४ को २ (राप्रपा) 
शारदा देवी थापाः महोत्तरी- १ को १ (एमाले) 
समिर बुढाथोकीः महोत्तरी- १ को १ (राप्रपा) 
तेजबहादुर खड्काः महोत्तरी- १ को १ (स्वतन्त्र) 
विपुल काफ्लेः महोत्तरी- १ को १ (स्वतन्त्र) 
फाल्गुण कुमार सुप्तलिडः महोत्तरी- १ को १ (स्वतन्त्र) 
कौशल कुमार खनालः महोत्तरी- १ को १ (स्वतन्त्र) 
राजन प्रसाद ढुंगानाः महोत्तरी- १ को १ (स्वतन्त्र) 
खडग प्रसाद घिमिरेः महोत्तरी १ को २ (राप्रपा नेपाल) 
प्रमोद खडकाः महोत्तरी- १ को २  (स्वतन्त्र)
बिष्णु प्रसाद योन्जनः महोत्तरी- १ को २ (स्वतन्त्र)
माधव कुमार मुक्क्तानः महोत्तरी- १ को २ (स्वतन्त्र) 
कमला देवी कोइरालाः महोत्तरी- ३ को १ (राप्रपा नेपाल) 
धेची लुडगेलीः सर्लाही- १ को २ (नेकपा एस) 
रुप बहादुर स्यांगवाः सर्लाही- १ को २ (मंगाल नेशनल अर्गनाईजेश्न) 
राजन कुमार विश्वकर्माः सर्लाही- १ को २ (राप्रपा) 
राजन कुमार श्रेष्ठः सर्लाही- १ को २  (स्वतन्त्र) 
राज कुमारी माझीः सर्लाही- १ को २ (स्वतन्त्र) 
गणेश प्रसाद प्रसाईः सर्लाही- ३ को १ (एमाले) 
डिल्ली प्रसाद उप्रेतीः सर्लाही- ३ को १ (नेकपा एस) 
बुद्धलाल रुम्बाः सर्लाही- ३ को १  (मंगोल नेशनल अर्गनाईजेशन) 
कल्याणी उप्रेतीः सर्लाही- ३ को १ (स्वतन्त्र) 
बुधवी प्रसाद विमलीः सर्लाही- ३ को १ (स्वतन्त्र) 
गंगालाल थिंगः सर्लाही- ३ को १ (स्वतन्त्र) 
कमल बहादुर कार्कीः सर्लाही- ३ को १ (स्वतन्त्र) 
कविर लामाः सर्लाही- ३ को १ (स्वतन्त्र) 
बैकुण्ठ प्रसाईः सर्लाही- ३ को १ (स्वतन्त्र) 
रोशन लामाः सर्लाही- ३ को १ (स्वतन्त्र) 
रत्नेश कुमार विवेकीः सर्लाही- ४ को २ (हाम्रो नेपाली पार्टी) 
संजित गिरीः रौतहट- १ को १ (स्वतन्त्र) 
प्रभात केसरीः रौतहट- १ को १ (स्वतन्त्र) 
युवराज भटराईः रौतहट- ४ को १ (माओवादी) 
बालकृष्ण श्रेष्ठः रौतहट- ४ को १ (नेकपा एस) 
संतोष काफलेः रौतहट- ४ को १ (स्वतन्त्र) 
झरना आचार्यः रौतहट- ४ को १ (स्वतन्त्र)
रमेश प्रसाद दंगालः बारा- १ को १ (कांग्रेस) 
त्रिलोकी प्रसादः बारा- १ को १ (एमाले)
युवराज मैनालीः बारा- १ को १ (जनमत पार्टी) 
मेष बहादुर ढकाल क्षेत्रीः बारा- १ को १ (हाम्रो नेपाली पार्टी)
मदन बहादुर बम्जनः बारा- १ को १ (मंगोल नेशनल अर्गजाईनेशन) 
दामोदर पनुहरः बारा- १ को १ (नेपाल सुशासन पार्टी)
देवराज घिमिरेः बारा- १ को १ (स्वतन्त्र)
सन्नी लामाः बारा- १ को १ (स्वतन्त्र) 
एक बहादुर श्रेष्ठः बारा- १ को १ (स्वतन्त्र) 
भरत बहादुर खडकाः बारा- ३ को १ (जसपा) 
रविन्द्र दास श्रेष्ठः बारा- ३ को १ (एमाले 
मेघ बहादुर गोलेः बारा- ३ को १ (मंगोल नेशननल अर्गनाईजेशन) 
झुण्टा माझीः बारा- ३ को १ (नेपाल मजदुर किसान पार्टी)
दिपक कुमार बरालः बारा- ३ को १ (स्वतन्त्र)
नारायण क्षेत्रीः बारा- ३ को १ (स्वतन्त्र)
प्रमिला गिरीः बारा-  ३ को २ (स्वतन्त्र) 
क्षेत्र बहादुर श्रेष्ठः बारा- ४ को १ (माओवादी) 
यम कुमार जर्का मगरः बारा- ४ को १ (राप्रपा) 
द्धारिका श्रेष्ठः  बारा- ४ को १ काग्रेस (बिपी) 
डम्बर बहादुर खत्रीः बारा- ४ को १ (विवेकशिल साझा पार्टी) 
नारायणी रायमाझीः बारा- ४ को १ (स्वतन्त्र) 
कृष्ण प्रसाद चौलागाईः बारा- ४ को १ (स्वतन्त्र) 
सन्तोष कुमार श्रेष्ठः पर्सा- १ को २ (स्वतन्त्र)
जिवन श्रेष्ठः पर्सा- २ को १ (स्वतन्त्र) 
स्यागवो लामा तमाडः पर्सा- २ को १ (स्वतन्त्र) 
रुपेशमान सि.ह श्रेष्ठः पर्सा- २ को २ (स्वतन्त्र) 
जरीलाल थिड लामाः पर्सा- ४ को १ (स्वतन्त्र)  

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०६:१८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्