काठमाडौं– अन्नपूर्ण पोष्ट दैनिकको प्रधान सम्पादकमा हरिबहादुर थापा नियुक्त भएका छन्। नेपाल न्युज इन्टरनेशनल प्रालिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले उनलाई बुधबार प्रधान सम्पादकमा नियुक्त गरेका हुन्।
अन्नपूर्णको सम्पादकमा राजाराम गौतम छन् भने ग्रुप सम्पादकमा विजयकुमार पाण्डे छन्।
यसअघि कान्तिपुर दैनिकको सम्पादक रहेका थापाले व्यवस्थापनसँगको असन्तुष्टिपछि प्रधान सम्पादक सुधीर शर्मासँगै राजिनामा दिएका थिए। कान्तिपुरमा स्थापनादेखि पत्रकारीता गरेका उनी सुशासन सम्बन्धि विषयका विज्ञ पत्रकारका रुपमा चिनिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।