काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट ४ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।
फोनिजले पुरस्कार छनोट समितिको निर्णयअनुसार ४ विधामा पुरस्कृत हुने पत्रकारको नाम आज सार्वजनिक गरिएको हो।
यस वर्ष अनलाइनतर्फ उजिर मगर, टेलिभिजनतर्फ भैरव आङ्ला, छापातर्फ छेटु शेर्पा र रेडियोतर्फ विमला चौधरीलाई पुरस्कृत गरिने फोनिजका संगठन सचिव मिलन लिम्बूले जानकारी दिए। पुरस्कृत हुनेले जनही ४० हजार रुपैयाँ पाउनेछन्।
पुरस्कार आगामी साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा प्रदान गरिने लिम्बूले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।