राजविराज– दुई वटा मोबाइल पसल र एउटा होटलबाट सामान चोरी गरी भाग्दै गर्दा पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार सार्वजनिक गरेको छ।
डाकनेश्वरी नगरपालिका ४ का १९ वर्षीय भगवतीकुमार राम र रुपनी गाउँपालिका ९ का २० वर्षीय रामकुमार मण्डललाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।
उनीहरुले राजविराज ४ स्थित पशुपति होटलबाट एलसिडी टेलिभिजन लगायतका सामान र नगदसहित करिब ३५ हजार तथा मोबाइल पसलबाट एलसिडी टिभी, मोबाइल, चार्जर, घडी र नगदसहित १ लाख ३० हजार मूल्य बराबरको सामान चोरी गरेको डिएसपी भावेश रिमालले बताए।
प्रहरीले चोरीका सम्पूर्ण सामान बरामद गरी थप अनुसन्धान गरिरहेको रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।