काबुल- अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ।
विस्फोटमा परी ४० जना घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
आतङ्ककारी समूहले सडकको किनारका जडान गरेर राखेको बम एक यात्रुवाहक बसले ठोक्किँदा विस्फोट भएको थियो।
विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन। तर यस प्रकारको विस्फोट बारम्बार तालिवान आतङ्ककारी समूहले गराउँदै आएको हुनाले हाल पनि सोही समूहको हात रहेको प्रहरीको दाबी छ। एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।