एजेन्सी– सलमान खानको मुख्य अभिनय रहने फिल्म 'भारत'का लागि अभिनेत्री कट्रिना कैफ अनुबन्धित भएकी छन्। अभिनेत्री प्रियंका चोपडाले सुटिङको तयारीमा रहेको फिल्म छोडेको समाचार बाहिरिएपछि मुख्य अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले कट्रिनालाई अनुबन्ध गरेको हो।
फिल्म भारतबाट हात झिकेपछि प्रियंकासँग रुष्ट बनेका सलमानले कट्रिना अनुबन्धित हुनसाथ ट्विटर मार्फत स्वागत गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘एक सुन्दर अनि सुशील केटी जसको नाम हो कट्रिना, उनलाई स्वागत छ भारतको जिन्दगीमा।’
भारतमा सलमान, कट्रिनासँगै सुनिल ग्रोवर, तव्बु, दिसा पटानी लगायतका कलाकारको अभिनय रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।