• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

युद्धका बेला केको दशैं, के चाड?

जयपुरी घर्ती मंगलबार, असोज १८, २०७९  ०८:०९
1140x725

दशैंमा आफन्त, नातापाता जम्मा हुने, भेटघाट हुने, टिका लगाउने भएकाले  यो चाडकको छुट्टै महत्व छ। यसवर्ष हाम्रो दशैं छैन। मेरो जेठी दिदिको भर्खरै निधन भएकाले  हाम्रो परिवारभित्र दशैं हुँदैन। तर भेटघाटका लागि म गाउँतिरै जाँदैछु। 

बाल्यकालको दशैं
सानोमा दशैं आयो भन्दा त हामी सबै खुसी हुन्थ्यौं। त्यति बेलाको अवस्थमा त राम्रो लगाउने, मिठो खाने भन्ने हुन्थ्यो। अझ राम्रो लगाउने भन्ने पनि थिएन। खानेकुरा पनि अहिले यति धेरै विकास भयो नेपालमा। जहिलेतहिले र जहाँतहीँ भात खाने अवस्था छ। पहिलाको भन्दा ठ्याक्कै उल्टो भयो। 

ऊबेला भात खानका लागि दशैं आउनुपर्छ भन्ने हुन्थ्यो। गाउँघरमा सजिलै भात खान पाइँदनथ्यो। अहिले गाउँघर तिर सहजै रुपमा भात खान पाइरहेका छन्। तर ठूला, ठूला होटलहरुमा बरु ढिंडो विशेष परिकार भनेर खान थालिएको छ। 

बाल्यकालमा त दशैंको अर्थ भनेको भात खान पाइन्छ, मासु खान पाइन्छ र राम्रो लगाउन पाइन्छ भन्ने थियो। खुब खुशी लिएर आउँथ्यो दशैं।

भेटघाट र रमाइलो गर्ने पर्व 
दशैंको ऐतिहासिक पृष्ठभूमी अरु चालचलनका हिसाबले फरक होला। दशैंको समयमा सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुमा बिदा दिने, भेटघाट गर्ने, सबै परिवारहरु जम्मा हुने, सबैले रमाइलो गर्ने, एकै ठाउँमा बसेर मिठो मसिनो खाने प्रचलन छ। मैले दशैं नेपालीहरुको साझा चाडको रुपमा  बुझेको छु। 

दशैंलाई मान्छेले एकदमै कन्जरभेटिभ रुपमा लिएको पाइन्छ। त्यो चाहिँ होइन। यो नेपालीहरुको पर्वकै रुपमा स्थापित भएको छ। हामीले पनि त्यसलाई मनाउने कुरा भइहाल्यो। मैले अघि पनि भने यसको ऐतिहासिक विश्लेषण गर्दा हाम्रो धारणा फरक हुन्छ। यो चाहिँ मान्छेहरुको भावनाको हिसाबले भेटघाट गर्ने, सँगै बस्ने, खाने, टिका लगाउने संस्कार भनेको त सकारात्मक नै हो। 

दशैं साझा पर्व
दशैं कुनै धर्म र  जाति विशेषको पर्व हैन। नेपालमा बसोबास गर्ने सबै जाति, जनजाति, पिछडिएको वर्ग, उत्पीडित वर्ग र लिंगको पर्व हो।

मैले दशैंको टिका पनि लगाएको छु। मेरै घरमा लगाएको छु। मेरा बाले पनि लगाउने, ठूला मान्छेहरुबाट टिका थाप्ने, आशिष लिने गरेको छु। आफू भन्दा ठूलाबाट लगाउने र सानालाई लगाइदिने गरेको छु मैले। त्यो स्वभाविक हिसाबले हामीले लगाइरहेका छौं।

Ncell 2
Ncell 2

जनयुद्धमा  दशैं 
जनयुद्धकालीन अवस्थामा हामीले दशैं मनाएको कुरा मलाई त्यति ख्याल छैन। त्यतिबेला के दशैं ? के चाड ? हामीलाई त्यो समयमा केही मतलव हुँदैनथ्यो। त्यसैले त्यतिबेलाको समयको दशैंबारे मलाई खासै याद छैन। त्यति बेला दशैं, चाड, पर्व भन्दा पनि आफू कसरी बाँच्ने? अरुलाई कसरी बचाउने ? भन्ने हुन्थ्यो। हामी जनताकै बीचममा हुन्थ्यौं। उनीहरुसँगै खाने, बस्ने गर्दथ्यौं। त्यतिबेला दशैंको त्यति धेरै महत्व थिएन। याद पनि  छैन अहिले। तर दशैं मनाउने कुरा, खुसी हुने कुरा थिएन। युद्धको क्रममा हामी आफूलाई कसरी बचाउने? जनतालाई कसरी बचाउने? हाम्रा अजेण्डाहरु जनताको बीचमा कसरी लैजाने भन्नेमा मुख्य फोकस थियो। 

अहिले हामी शान्ति प्रक्रियामा आइसकेपछि दशैंमा भेटघाट गर्ने, दशैं मनाउने, खुसी साटासाट गर्ने त्यो खालको चाहिँ भइराखेको छ।

धार्मिक निषेधमा असहमति
हिन्दु र अरु धर्मको सैद्धान्तिक हिसाबले ठूलो विभेद छ। खाडल छ। एक अर्काेलाई निषेध गर्छ। यी कुराहरुमा म सहमत छैन, तर नेपालीहरुले मान्ने सबै चाडहरुलाई म त्यही ढंगले सम्मान गर्छु। हिन्दू राज्य, हिन्दु धर्मले अरुलाई निषेध गर्ने, अरुलाई अपमान गर्ने, अरुलाई अपहेलना गर्ने खालको संस्कारको विकास गरेको छ।  त्यो बेठिक छ। नेपालमा बसोबास गर्ने सबै समुदायले आआफ्ना चाड मनाइराखेका छन्। यो दशैं पनि त्यस्तै हिसाबले मनाइ रहेका छौं। त्यसैले एक अर्काेलाई विभेद गर्ने, निषेध गर्ने नभई एक अर्काेलाई सम्मान गर्ने, भातृत्वको विकास गर्ने, सदाचारलाई आत्मसाथ गर्ने गर्नुपर्छ। एक अर्काेको चाडपर्व, एक अर्काको संस्कारलाई सम्मान गरेर अघाडि बढ्ने नै मुल उद्देश्य राख्नुपर्छ। 

चाडपर्व सबैका साझा
विगतमा त्यो उत्पीडनमा, दमनमा भएको कारणले गर्दाखेरि मान्छेले विरोध पनि गर्ने गर्दछ। जस्तो मगर, थारुहरुको माघे संक्रन्ति अनि राई लिम्बुहरुको ल्होसार जति किसिमका चाडहरु छन्। आम नेपालीहरुले यी हाम्रा साझा चाड हुन् भन्ने बुझ्नु पर्दछ। त्यसो गरे भने चाडपर्व सबै नेपालीहरुको हुन जान्छ।

एउटा जातिको चाड पर्व हुने, अर्काेको नहुने भन्ने कुरा गलत हुन जान्छ। त्यसैले नेपालीहरुका चाड पर्वमा एक अर्काको सम्मान गरेर मनाउनु पर्छ। 

चाडपर्वमा तडकभडक नगरौं 
दशैं, तिहार, तिज, ल्होसार, माघी लगायताका चाड पर्वहरु तडकभडक नगर्ने, फजुल खर्च नगर्ने, ठिक्कको आफूले खाने, रमाउने, बस्नका लागि सबै नेपाली जनतालाई उत्साहित भएर मनाउनुहुन्छ भन्ने कुराका साथै शुभकामना व्यक्त गर्न चाहान्छु। 

सबैभन्दा राष्ट्रको पक्षमा, जनताको पक्षमा, आफ्नै पक्षमा पनि यो दशैंको अवसरमा त्यसलाई त्यसरी नै मनाउँदा ठिक हुन्छ। आफूलाई मात्रै हैन, समाजलाई, राष्ट्रलाई पनि सोच्ने, त्यसको रक्षा गर्ने, त्यसको विकास गर्ने, आफ्नो जीवनकै रक्षा गर्ने, आफ्नो परिवारकै रक्षा गर्ने गरिकन यो दशैं मनाउनका लागि सबै नेपाली जनता, दाजुभाई, दिदिबहिनीहरु, देश तथा विदेशमा बस्नेहरुमा शुभकामना व्यक्त गर्दछु।

माओवादी केन्द्रकी नेता तथा पूर्वमन्त्री घर्तीसँग गरिएको कुराकानीमा आधारित
 

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार
क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार शुक्रबार, माघ २, २०८२
क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शुक्रबार, माघ २, २०८२
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का शुक्रबार, माघ २, २०८२
प्रमुख निर्वाचन आयुक्तले भने– कांग्रेस विवादमा विधिसम्मत निर्णय दिन्छौं शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्