काठमाडौं- गायक राज सिग्देलको 'चोट दियौ यति धेरै...' बोलको नयाँ गीत सार्वजनिक भएको छ। विदुर तिम्सिनाको शब्द रचना रहेको गीतमा दीपक भट्टराईले संगीत दिएका हुन्।
अमेरिकाको टेक्सासमा बस्दै आएका गीतकार तिम्सिनाले आफ्नो शब्दलाई गायक राज सिग्देलले न्याय दिन सक्ने भएकाले उनको स्वरमा गीत रेकर्ड गराएको जनाएका छन्। 'ऊ जितेर गई या हारेर गई...' जस्ता चर्चित गीतका गायक राजले आफ्ना शब्दलाई मनछुने गरी गाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।