रत्ननगर- नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी२२टी ८४४७ नम्बरको भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो। उनी नारायणगढ-मुग्लिन सडकखण्डमा काम गर्दै आएका थिए। फरार रहेका ट्रकका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।