काठमाडौं– महान्यायाधीवक्ता अग्नी खरेलले मुलुकी संहिताहरु लागू गर्न सरकारी वकिलको कार्यालय तयारी अवस्थामा रहेको बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै भदौ १ गते देखि लागु हुन गईरहेको संहिताका लागि प्रतिरक्षा गर्न सरकारी पक्ष तयार रहेको जानकारी दिए।
संहिताले सरकारी पक्षलाई आगामी दिनमा सहज र असहज दुबै हुने र त्यसको तयारीका लागि सात वटै प्रदेशमा आफ्ना कर्मचारीहरुलाई तालिम गराईएको उनले बताए । ५५ वर्ष पुरानो कानुनलाई समय सान्र्दभिक बनाएर जारी भएकाले सोही अनुसारको तयारी र चुनौतीमा सरकारी वकिल रहेको उनको भनाई छ।
मुलुकी ऐनको देवानी ,फौजदारी संहिता ,दण्ड सजाय निर्धारण र अन्य कार्यविधी कानुनहरु पछिल्ला प्राविधिक विकास अनुरुप निर्माण भएकाले त्यसलाई सहज रुपमा व्यवहारमा ल्याउन केही समय लाग्ने खरेल बताउँछन्। अपराध पहिला निर्धारण गर्ने अनिमात्र सजाय गर्ने, कैदको सट्टामा खुला कारागार वा समाजसेवामा गराउने जस्ता विषय लागू गर्न धेरै चुनौती रहेको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।