काठमाडौं– सरकारले मन्त्रालय फुटाएपनि मन्त्री छान्न भने सकेको छैन । साउन १० गते मन्त्रिपरिषद्को बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारीलाई मन्त्रालयलाई टुक्राएर कृषि तथा पशुपंक्षी मन्त्रालय र भूमिसुधार तथा गरिबी निवारण मन्त्रालय बनाएको थियो।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई जिम्मेवारी दिन मन्त्रालय फुटाएको बताइएपनि जिम्मेवारी दिइएको छैन। दुवै मन्त्रालयको जिम्मेवारी चक्रपाणी खनाल ‘बलदेव’ लाई नै दिइएको छ। अर्काे निर्णय नभएसम्म खनाललाई नै दुवै मन्त्रालयको जिम्मेवारी दिइएको सोमबारको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।
त्यस्तै, कानुन मन्त्रालय पनि रिक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।