काठमाडौं– रोजगारीका लागि विदेश जाने कामदारसँग चर्काे शुल्क लिएको आरोपमा बैदेशिक रोजगार विभागले बसुन्धरास्थित मेनपावर कम्पनीमा छापा हानेको छ। किशोर शर्मा सञ्चालक रहेको ‘अल स्किल्स् इन्टरनेशनल ह्युमन रिसोर्स प्रालि’मा छापा हानेको हो।
कुवेत जान लागेका कामदारसँग प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँसम्म लिएको उजुरीका आधारमा विभागले छापा हानेको हो। सो कम्पनीबाट मंगलबार ३५ जना कामदार कुवेत उड्दैछन्। विभागले कम्पनीबाट केही कागजपत्र बरामद गरेको छ।
कामदारसँग मेनपावर कम्पनीले अधिकतम १० हजार रुपैयाँसम्म मात्र लिन पाउने भएपछि धेरैले ठगी गर्ने आरोप लाग्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।