एजेन्सी– जाह्वी कपुर अभिनित फिल्म 'धडक' भारतीय बक्स अफिसमा सफल सावित भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले प्रदर्शनको १० दिनमा ६३ कारोडभन्दा माथिको व्यापार गरिसको छ। जसले धडकलाई बक्सअफिसको हिट सूचीमा सूचीकृत गरेको सञ्चार माध्यममा उल्लेख छ।
श्रीदेवीकी छोरी जाह्न्वी कपुर र इशान खट्टरको मुख्य अभिनय रहेको फिल्मले प्रदर्शनको दोस्रो हप्तामा पनि उत्कृष्ट व्यापार गरिरहेको छ। डेब्यु अभिनयका हिसावले पनि जाह्न्वी भारतीय बक्स अफिसमा हिट साबित भएकी छिन्।
फिल्म विश्लेषक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाएको धडकले दोस्रो हप्तामा हलिउड फिल्म ‘मिसन इम्पोसिवल’को सामना गर्नुपरेको थियो। तर, हलिउड फिल्मको प्रदर्शनका बाबजुद धडकले राम्रो कमाई गर्नुले जाह्न्वीको भविष्य बलिउडमा उज्ज्वल देखिएको भारतीय सञ्चार माध्यमले लेखेका छन्।
फिल्म बजार विश्लेषक तरण आदर्शले फिल्मको कुल कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन्।
उक्त रिपोर्ट अनुसार फिल्मको कमाई ७० करोडको नजिक छ। गत शुक्रबार २ दशमलब ६१ करोड, शनिवार ४ दशमलब ०२ करोड र आइतवार ५ दशमलब २० करोड कमाई गर्दै भारतीय बक्स अफिसमा फिल्मले कूल ६३ दशमलब ३९ करोडको व्यापार गरिसेकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।