काठमाडौं – फिल्म ‘छक्का पन्जा ३’ को पहिलो नम्बरमा बोलको सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द, दिपक शर्माको संगीत तथा डेबिट शंकर र विन्दु परियारको स्वरमा रहेको गीत सोमबार युट्युवमार्फत सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा फिल्मका अधिकांश कलाकारको अभिनय देख्न सकिन्छ। दिपकराज गिरि र दिपाश्री निरौलाको संयुक्त प्रस्तुती रहेको फिल्मलाई दिपाश्री आँफैले निर्देशन गरेकी हुन्।
दिपक, दिपाश्री, दिपिका प्रसाई, बर्षा सिवाकाटी, केदार घिमिरे, जितु नेपाल, स्वस्तिमा खड्का, प्रियंका कार्की, बुद्धी तामाङ लगायतको अभिनय रेहेको फिल्म आउदो दशैंबाट प्रर्दशनमा आउने छ।
फिल्मको सार्वजनिक गीत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।