काठमाडौं– मिर्गौलाका बिरामी निर्देशक किशोर रानाको सहयोगार्थ संकलित रकम हस्तान्तरण गरिएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी रानाकी श्रीमती एवं गायिका संगीता प्रधान रानालाई ४ लाख ५ हजार ५ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको हो।
लायन्स क्लब अफ काठमाडौं, मेरीगोल्ड र यस ह्युमानिटी अस्ट्रेलियाको आयोजनामा भएको सांगीतिक साँझ मार्फत संकलित रकम निर्देशक रानाको परिवारलाई हस्तान्तरण गरिएको हो।
गत असार १८ मा काठमाडौंको आर्मी अफिसर्स क्लबमा किशोर रानाको सहयोगार्थ सांगीतिक साँझ सम्पन्न भएको थियो।
दुवै मिर्गौला खराब भएका राना नेपाली फिल्म जगतमा पुराना र अनुभवी निर्देशक मानिन्छन्। राँको, सिमारेखा, कान्छी, बन्धिकी ,करोडपति जस्ता चर्चित फिल्मका निर्देशक रानाले १८ भन्दा बढी नेपाली चलचित्रमा निर्देशन गरेका छन्।
रानाको केही दिनअघि एउटा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौलाको सफल प्रत्यारोपणपछि राना अहिले घरमै आराम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।