हनोई- मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ जनाको मृत्यु भएको छ।
विवाहका लागि बेहुलासमेत लिएर गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो। सो भ्यानमा बेहुला समेत रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
मध्य भियतनाको क्वाङनाम भन्ने स्थानमा भएको दुर्घटनामा बेहुलासहित एकै परिवारका अन्य सदस्यको मृत्यु भएको हो। उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान साढे २ बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए।
घटनाबारेछानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ। गत वर्ष भियतनाममा सडक दुर्घटनामा परि करिब ८ हजार २ सयको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।