दमक– झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगीमा आज बिहान माइक्रो र स्कुल बस जुध्दा ५ विद्यार्थी घाइते भएका छन्।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको बा५प ८२८ नम्बरको माइक्रो बसले को१क २१५८ नम्बरको हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई सोमबार बिहान पाडाजुँगी–गौरीगञ्ज सडकतर्फ मोड्दा ठक्कर दिएको थियो।
घाइते हुनेमा दमक–१ का १४ वर्षीया सोनिया सुनाम, ९ वर्षीय आशिष सुनाम, दमक–६ का ७ वर्षीय शिशिर धमला, दमक–८ का १० वर्षीय युजन सापकोटा र दमक–९ का ११ वर्षीय कृष्ण ताजपुरिया रहेको ट्राफिक प्रहरी नायब निरीक्षक विनोदकुमार खतिवडाले बताए। घाइते सबै स्कुल बसमा सवार थिए।
घाइतेमध्ये शिशिर र कृष्णको विराटनगरस्थित न्यूरो अस्पताल र अन्य घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ। दुर्घटनामा सलग्न दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।