काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने/नगर्ने विषयमा छलफल गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु भएको छ।
सिंहदरबारमा बसिरहेको बैठकले जोशीको नामलाई अनुमोदन गर्ने वा नगर्ने अन्योल छ। समिति सदस्यहरुबीच एसएलसी प्रमाणपत्र र केही फैसलामा विवाद आएको भन्दै समितिमा रहेका नेकपाका सांसदहरुले जाोशीको नाम अनुमोदन गर्न नहुने संकेत दिएका थिए। प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरु भने जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्नुपर्ने पक्षमा छन्।
बिहीबारदेखि शुरु भएको संसदीय सुनुवाइ समितिको बैठकले पहिलो पटक यति लामो समयसम्म नाम अनुमोदन गर्न सकेको छैन। सुनुवाइ भएकै दिन अनुमोदनको निर्णय समेत हुँदै आएको सुनुवाइ समितिको इतिहास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।