राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिकामा आइतबार मध्य रात आगलागी हुँदा वटा घर जलेर नष्ट भएका छन्। ३ परिवारका १–१ वटा घरमा भएको आगलागीबाट करिब साढे ९ लाख रुपैयाँ बरावरको क्षति भएको प्रहरीले जनाएको छ।
सुरुङ्गा ८ की निर्चिदेवी रामको भान्सा कोठाबाट सुरु भएको आगोले उनको सहित शैनी राम र पुरण रामको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागिमा घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, फर्निचरका समान, गहना तथा नगदसहित जलेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जनाए।
प्रहरी, स्थानीयवासी तथा राजविराज र लहान नगरपालिकाको दमकलको सहयोगमा राती करिब साढे १ बजे आगो नियन्त्रणमा आएको एसपी सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।