काठमाडौं– नेपाली छात्राले अमेरिकामा हालै सम्पन्न अन्तर्राष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हात पारेकी छिन्। नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेश्रो वर्षमा अध्ययनरत एदा रिजालले यो सफलता पाएकी हुन्।
उनीसहित अन्य दुई साथीको टिमले इमाजिन कप २०१८ अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम भएबापत १५ हजार अमेरिकी डलर समेत पाएका छन्।
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठका अनुसार एदालेले प्रतियोगितामा नेपालको मात्र नभई दक्षिण पूर्व एसिया क्षेत्रको नै प्रतिनिधित्व गरेको जानकारी दिए। एदा र उनका साथीहरुको टिमले मलेसियामा भएको क्षेत्रीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि विश्वस्तरको उक्त प्रतियोगितामा भाग लिने मौका पाएका थिए। अमेरिकामा आयोजित प्रतियोगितामा विभिन्न देशका ४९ टिमले भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।