नवलपरासी- जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ।
साढे ३ वर्ष कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका–१ कोल्हुवाका ४३ वर्षीय राजु भन्ने सुरतराम चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।
चौधरीलाई लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। पछिल्लो पटक प्रहरीले जिल्ला अदालतको फरार सूचीमा रहेका अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।