काठमाडौं– १० हजार रुपैयाँ घुससहित एक प्रहरी पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट नेपालगञ्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।
भारतबाट खरिद गरेका सामान ल्याउन सहजता गराईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको १० हजार रुपैयाँ घुससहितको नेपालगंज उपमहानगरपालिका वडा नम्बर– १० स्थित चौधरी नास्ता पसलबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।