काठमाडौं– नेपाली कांग्रेसकी पूर्व सांसद ओमदेवी मल्ल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रवेश गरेकी छिन्। आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले उनलाई पार्टी प्रबेश गराएका हुन्। सहकारीकर्मीका रुपमा पनि मल्लको परिचय छ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री समेत रहेका ओलीले सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताए।
सरकारले भूउपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको वृद्धी गर्ने बताउँदै सहकारी मार्फत सामुहिक खेतीको अवधारणा ल्याउनु पर्ने उनको भनाई थियो।
मल्ल दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट नेपाली कांग्रेसकै सांसद बनेकी थिइन्। नेकपा प्रबेश कार्यक्रममा उनले काँग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातवरण भएकोले नेकपामा प्रवेश गरेको बताइन्।
मल्लका साथमा सहकारीकर्मीहरु विजयसुन्दर खड्का र रीता बराल पनि नेकपामा प्रवेश गरेका छन्। पार्टी प्रबेश कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ,महासचिब बिष्णु पौडेल,स्थायी समिति सदस्य बिष्णु रिमाल, नेता केशव वडाल लगायतको उपस्थिती थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।