काठमाडौं– फिल्म 'जय शम्भु'को ट्रेलर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक ट्रेलरमा कालाकार अनुपविक्रम शाही र प्रशान्त ताम्राकारबीचको टकरावलाई प्रस्तुत गरिएको छ।
करिब २ मिनेट १९ सेकेन्डको ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटीलाई पाउन तल्लीन दुई कलाकारको एक्सनपूर्ण अभिनय देखाइएको छ।
रुपेश तामाङको निर्देशनमा निमार्ण भएको 'जय शम्भु'लाई हरि घले लामाले खिचेका हुन् भने श्री श्रेष्ठले एक्सन दिएका हुन्।
फिल्ममा अनुपविक्रम, प्रशान्त र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना लगायत कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।