काठमाडौं– महेश काफ्ले र मेलिना राईको स्वरमा रहेको ‘नाच फिरिरी’ गीतको भिडियोमा निर्देशक/अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेका छन्। उनीहरु म्युजिक भिडियोमा पहिलो पटक एकसाथ देखिएका हुन्।
गीतमा यो वास्तविक जोडीले जमेर अभिनय गरेका छन्। गीतको भिडियोमा निश्चल र स्वस्तिमालाई पोखराको नृत्य समूह क्रिस्टल क्लजले साथ दिएको छ।
जि २१ डिजिटलको प्रस्तुति रहेको गीतमा गायक काफ्लेकै शब्द, संगीत छ भने रिकेश गुरुङले एरेन्ज गरेका छन्।
पोखरा आसपासका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैंले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।