एजेन्सी – आयान मुखर्जीको निर्देशनमा निमार्ण भइरहेको फिल्म ‘ब्रह्मास्त्र’ यतिबेला बुल्गेरियामा छायांकन भइरहेको छ। अमिताभ, रणवीर कपुर, आलिया भट्ट लगायतका स्टारहरुको अभिनय रहेको फिल्ममा रणवीर भने एक्सन अवतारमा देखिँदै छन्।
फिल्मको सुटिङ कहाँ र कसरी भइरहेको छ भन्ने कुरा फिल्मका स्टार कालाकार अमिताभले आफ्नो ट्विटर मार्फत जानकारी गराएका हुन्। उनले ट्विट गर्दै लेखेका छन्, ‘झरी र वर्षासँगै काममा निस्कन्छु अनि बिहानको ३ बजे फर्कन्छु। तर, पनि काम सानदार भइरहेको छ।’
उनले यससँगै काम र समयको प्रवाहभन्दा पनि बुल्गेरियामा 'ब्रह्मास्त्र'को छायांकन भइरहेकोमा खुसी व्यक्त गरेका छन्।
उमेरले ७५ पुगेका अमिताभको यस्तो जाँगरले अभिनयप्रति उनको भोक अझै नमेटिएको पाइन्छ। सन् १९६९ बाट अभियन यात्रा सुरु गरेका अमिताभ अझै अभिनयबाट थाकेका छैनन्। अथात् अझै बलिउड उद्योगमा उनको उपस्थिति उतिकै अर्थपूर्ण छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।