काठमाडौं– फिल्म 'मिस्टर भर्जिन'को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंको क्युज सिनेमा हलमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
तीन कुमार युवाको यौन मनोविज्ञानमा आधारित फिल्मको ट्रेलरमा कलाकार गौरव पहारी, विजय बराल र कमलमणि नेपाल कमेडी भूमिकामा देखिएका छन्। अधिकांस दृष्य काठमाडौंको ठमेलमा छायांकन गरिएको फिल्ममा अभिनेत्री मरिस्का पोखरेल भने यौन पेशाकर्मीको भूमिकामा छिन्।
‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतले निर्देशन गरेका हुन्। बस्नेतको यो डेब्यु निर्देशन हो।
महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी रहेको फिल्मलाई मिलन डी काप्रीले सम्पादन गरेका हुन्।
फिल्म भादौ १ बाट प्रदर्शनमा आउनेछ।
ट्रेलर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।