काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कन्चनपुरमा निर्मला पन्तको बलात्कार गरि हत्या भएको विषयमा सदनलाई यथार्थ जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसहरुले कन्चनपुर घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका थिए। महिला हिंसामा शून्य सहनशिलताको कुरा गर्ने तथा घटनाको तत्काल सम्बोधन गरी सरकारको उपस्थिति जनाउने बताउँदै आएको सरकारले घटना भएको ४ दिनसम्म पनि दोषिलाई नियन्त्रणमा लिन नसकेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए।
शून्य र विशेष समय नै कञ्चनपुरमय भएपछि सभामुखले सो घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन्।
सभामुख महराले सभामुख र उपसभामुखको विषयमा अदालतमा मुद्धा परिसकेकोले सदनमा जानकारी गराउन नसक्ने भन्दै सांसदहरुलाई सचेत गराएका थिए। उनले भने,‘सभामुख र उपसभामुखको विषयमा सम्मानित अदालतमा मुद्दा विचाराधिन रहेको छ। नेपालको संविधानको धारा १ सय ५ मा व्यवस्था भएअनुसार कुनै अदालतमा विचाराधिन मुद्धाहरुका सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पर्ने भएका कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने व्यहोरा जानकारी गराउँछु।’
बैठकमा कञ्चनपुरमा भएको घटनामा संलग्न दोषिलाई पत्ता लगाई कारबाही गर्नुको सट्टा न्याय खोज्ने महिलामाथि प्रहरी दमन भएको भन्दै सरकारको चर्को आलोचना भएको थियो। प्रतिपक्षी दलका सांसदहरुले महिला ंिहंसाका घटनामा संलग्न दोषिलाई नियन्त्रणमा लिएर कारबाही गर्नुको सट्टा न्याय खोज्ने जनतामाथि प्रहरी धरपकड भएको भन्दै सरकारको आलोचना गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।