• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

महाभियोग सिफारिस समितिले केटाकेटीपन देखायो : बलराम केसी [अन्तर्वार्ता]

‘समिति चोलेन्द्रले आरोप लगाउने थलो होइन’
64x64
नेपाल लाइभ शनिबार, असोज १, २०७९  १२:१६
1140x725

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बयान सकिएको छ। उनीसँगको बयान सकिएपछि महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाउने तयारी गरेको छ। शनिबार राति १२ बजेदेखि संसद्को आयु सकिने भएकाले शनिबार नै प्रतिवेदन बुझाउन थालिएको हो।

आफूविरुद्धको महाभियोग प्रस्तावमा रााणाले समितिमा ५ दिन लगाएर ४३ प्रश्नको जवाफ दिएका थिए। जवाफका क्रममा उनले अन्य धेरै व्यक्तिमाथि आक्षेप पनि लगाए। राणाले नाम लिएका त्यस्ता व्यक्ति र पदाधिकारीसँग पनि बयान लिने समितिले तयारी गरेको थियो। तर, सर्वोच्चको अदालतको फुलकोर्ट बैठकले बयानका लागि समितिमा नजाने निर्णय गर्‍यो। पूर्वप्रधानन्यायाधीशहरुले पनि नजाने निर्णय गर्दै केही सवालसहित समितिलाई पत्र पठाए। तर, कानुन व्यवसायीले भने समितिमा उभिएर बयान दिए। यिनै विषयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीसँग नेपाल लाइभले गरेको कुराकानी :

आजबाट संसद् अधिवेशन अन्त्य हुँदैछ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विषयमा के हुन्छ? 
अर्काे निर्वाचन भएर आइसकेपछि जुन संसद् आउँछ त्यसले यसको जिम्मा लिनु पर्छ। किनभने अपराध कहिल्यै पनि माफी हुँदैन। चोलेन्द्र  शमशेर राणाले धेरै मान्छेहरुलाई आफ्नो प्रतिरक्षाभन्दा पनि रिसिइबी साँध्ने किसिमले आरोप लगाउनु भएको भएको छ। उहाँलाई एमालेले काखी च्यापेको भन्ने कुरा पनि प्रष्ट देखियो। त्यो ठूलो दुर्भाग्य हो। कुनै दलले न्यायपालिकालाई समस्या पर्ने गरि त्यसरी काखी च्याप्नु ठूलो दुर्भाग्य हो। 

मंसिर ४ गतेपछि जब निर्वाचन भएर नयाँ संसद् आउँछ। त्यो संसद्ले  महाभियोगमाथि टेकअप गर्नुपर्छ। त्यसलाई दुई तिहाइ सांसदहरुले भोट गर्नैपर्छ। त्यतिबेला कुन दलले कति काखी च्यापेको रहेछ भन्ने कुरा पनि प्रष्ट देखिन्छ। त्यसलाई त्यसरी सेलाउन दिनुहुँदैन। 

अर्काे संसद्सम्म जाने आधार चाहिँ के? 
संसदीय व्यवस्था भएको देशको संविधानले आफ्नो देशमा त्यस्तो व्यवस्था रहेनछ भने अर्काे देशको संसदीय व्यवस्थाले त्यसको उदाहरण दिन सक्छ। हामै्र देशको जस्तो केस भारतमा भएको हुँदा त्यहाँ व्याख्या गरेको छ।

अघिल्लो संसद्को अधिवेशन भंग भएपनि नयाँ संसद्ले त्यसलाई टेकअफ गर्छ भनेर भोटिङमै पठाएको थियो। वीरस्वामी रामास्वामी भन्ने एउटा जज थिए। उनको केसमा त्यस्तो भएको थियो। टेकअफ गर्न मिल्छ। टेकअफ गर्नु पनि पर्छ। छाडा छोड्नु हुँदैन। अर्काे निर्वाचन भइसकेपछि त्यसलाई लिनुपर्छ। 

संसद् सकियो, आफ्ना विषयमा कुनै निर्णय भएन भनेर राणा आइतबारदेखि सर्वाेच्च अदालत हाजिर भए भने के हुन्छ?
सर्वाेच्चमा हाजिर हुन दिनै हुँदैन नि! फुलकोर्ट बस्नुपर्छ। त्यसले निर्णय गर्नुपर्छ। बार एसोसिएसनले अर्काे आन्दोलन गर्नुपर्छ। कहाँ चोलेन्द्र शमशेरलाई त्यहाँ जान दिन हुन्छ? अहिले नै ध्वस्त पारिसकेको छ। फेरि ध्वस्त हुन्छ नि! त्यहाँ जानै दिनु हुन्न। उहाँको प्रवेश चाहिँ गैरकानुनी हुन्छ। असंवैधानिक कदम हुन्छ। प्रहरी लगाएर भएपनि उहाँलाई पस्न दिनु हुँदैन। 

संसदीय समितिमा राणालाई आफ्नो कुरा राख्ने मौका दिइयो तर, उहाँले अरुलाई आरोप लगाउने मात्र गरेको जस्तो देखियो। यसलाई कसरी लिने?
संसदीय समितिको केटाकेटीपन देखियो। समितिका सदस्यहरुमा त्यो अनुभव देखिएन। उहाँहरुले के भन्नुपर्थ्यो भने यो फोरम तपाईंलाई अरुलाई पेल्न दिइएको हैन। तपाईंलाई लागेका आरोपविरुद्ध तपाईंसँग प्रमाण के छ? त्यो बोल्नुहोस् भन्नु पर्नेमा चोलेन्द्रलाई मनपरी बोल्न दिने काम भयो। उनले जे भने त्यो सुनेर बस्ने काम भयो। संसदीय समितिले अपरिपक्व काम गर्‍यो।

nimb
nimb
Ncell 2
Ncell 2

समिति अहिले परिपक्व रहेनछ भन्ने पुष्टि नै भयो। किनभने यो महाभियोगको व्यवस्था त पञ्चायतको संविधानमा पनि थियो। अन्तरिम संविधानमा पनि थियो। प्रयोग पो अहिले भयो। यो व्यवस्था त पूरानो हो। त्यसकारण त्यो तयार भएर बस्नुपर्दथ्यो। समितिले केही पनि गरेको छैन। जे जे भन्यो त्यही, त्यही सुन्यो। संसद्ले भन्नु पर्दथ्यो– तपाईं अर्काका विरुद्ध बोल्दै हुनुहुन्छ। प्रमाण के छ? 

तर, राणाले कतिपयलाई ‘संगीन आरोप’ लगाउनुभएको छ। यसमा केही न केही त गर्नुपर्ने होला नि? 
संसद्ले उहाँले लगाएको आरोपमा कारबाही गर्नै सक्दैन। संसदीय समिति बनाउनु नै बेकार थियो। अरु व्यक्तिलाई त बोलाउनै हुँदैनन्थ्यो। यो त अदालत हैन नि। अदालत भए पो त्यसमा देखिएका मुछिएका मान्छेहरुलाई अदालतले सजाय गर्न सक्दछ। 

समितिले धेरै सिक्नु पर्ने रहेछ। महाअभियोग के कसरी लगाउने? भन्ने कुरा संसद्ले जान्नु पर्‍यो। सिक्नु पर्‍यो। यस्तो केटाकेटीपनले भएन। जे जे भन्यो, जसले जसले बोल्यो त्यही त्यही सुन्दै जाने, बोल्दै जाने! चोलेन्द्रले मनपरी बोल्ने। त्यसलाई जिरह गर्न नहुने पो देखियो। बडो कच्चापन देखियो। 

यो विषय नटुंगिदै राणाले अवकाश पाउने सक्ने पनि देखिन्छ। यस्तो बेला चाहिँ के हुन्छ?
नयाँ संसद्ले लिनुपर्छ। किनभने त्यहाँको सचिवालय त स्थायी हुन्छ। उसले यस अघिको महाअभियोग नटुंगाएर टेकअफ गर्छाैं भनेर निर्णय गर्नुपर्छ। पहिलो काम नै त्यो सुरु गर्नुपर्छ। त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनै पर्छ। 

पहिला भएको थियो भनेर चुप लागेर बस्न मिल्दैन। बारम्बार घटना आइरहन सक्छन्। यो बेलामा संसदले बहादुरी देखाउनु पर्छ। हामी पहिलाकै संसद्को अर्काे संसद् हौं, त्यहाँ बाँकी राखेको कुरा हामी टेकअफ गर्छाैं भनेर निर्णय गर्नुपर्छ।   

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्