फलेवास– पर्वत जिल्लाको मोदी गाउँपालिका–६, तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ।
स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो। चाउचाउ पकाउने क्रममा सल्किएको आगोले पोलेर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
लामिछाने नवजागृत मावि तिलाहारमा कक्षा ५ मा अध्ययनरत थिए। बिदाको समयमा घरमा बसेका उनी आँफै खाजा बनाउने क्रममा यस्तो दुर्घटना भएको मोदी–६ का वडाध्यक्ष विमल लामिछानेले जानकारी दिए।
उनको राजधानीमा दाहसंस्कार गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।