सुर्खेत– लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ।
शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन्। लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर पुग्दा बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए।
सुवालको शव हाल परीक्षणका लागि मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ।
त्यसैगरी साउन १० गते दिउँसो ३ बजे घरबाट हराएका सुर्खेत बराहताल गाउँपालिका–५ सोतखोला निवासी लीलाराम भण्डारीका ३ वर्षीय छोरा बाबुराम भण्डारी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार ५ बजे उनी झुलखोला भन्ने स्थानमा उनी मृत फेला परेका थिए। फेला परेको शवको परीक्षण र अन्त्यष्टिका लागि आफन्तलाई बुझाइएको छ।
घटनाका बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।