काठमााडौं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध देशी, विदेशी षडयन्त्र भइरहेको दावी गरेका छन्।
प्रधानमन्त्री ओलीले डलर, युरो पठाएर नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भइरहेको दावी गरे। उनले सरकारले अबैधानिक ढंगबाट हुने आर्थिक कारोबार रोक्ने र कानुन सम्मत अघि बढ्ने पनि स्पष्ट पारे।
नेपाल राष्ट्रिय इन्जिनियर संगठन र प्रोग्रेसिब इन्जिनियर प्रोफेसनल एसोसिएसनबीचको एकता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सरकारलाई नियन्त्रणकारीको आरोप लगाएर हुने कुनै पनि षड्यन्त्रलाई सरकारले सफल हुन नदिने दृढता पनि व्यक्त गरे।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ आयाम दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको दावी गरे। उनले चुनाव जित्न र मुलुकलाई समृद्ध बनाउने योजनामा मात्रै दुई पार्टीबीचको एकतालाई नबुझ्न पनि आग्रह गरे।
अध्यक्ष दाहालले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैसँग अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।