मुम्बई- विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा ३३ जनाको मृत्यु भएको छ।
महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त सडक दुर्घटनामा बसमा यात्रारत एक जनामात्र जीवित रहेको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त बसले दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई लिई प्रसिद्ध पहाडी वनभोजस्थल महावालेश्वर गएको थियो।
भारतीय राष्ट्रिय विपद व्यवस्थापन बलका कमान्डर अनुपम श्रीवास्तवले भने, 'बसमा यात्रारत ३३ जनाको मृत्यु भएको छ भने एक जना सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ। मृतकको शव स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट बाहिर ल्याउने काम भइरहेकाे छ।'
भारतको पहाडी क्षेत्रमा रहेको कमजोर सडक संरचना, चालकहरूको लापर्बाही र पुराना गाडीका कारण देशभर हरेक वर्ष दुर्घटनामा परी १ लाख ५० हजार यात्रुले ज्यान गुमाउने गर्छन्।
यसै महिनाको शुरुमा पनि भारतको उत्तरी क्षेत्रमा भएको सडक दुर्घटनामा ४८ जनाको मृत्यु भएको थियो। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।