• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्री ओली किन मन पराउँदैनन् बुद्धिजीवी?

64x64
नेपाल लाइभ आइतबार, साउन १३, २०७५  ००:३२
1140x725

प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना आलोचकलाई कडा आलोचना गर्न पोख्त छन्। त्यसका लागि उनी उखान, टुक्का, चुट्किला तथा छोटो कथाहरुको समेत सहायता लिन्छन्।

धेरै नेतामा जस्तो ओलीमा पनि एउटा कमजोरी छ– आफ्नो आलोचनालाई सहज रुपमा नलिने। उनी आफ्नो आलोचना गरिएको सानोतिनो सन्दर्भलाई पनि निकै ख्याल गरिरेहका हुन्छन्। पत्रिकामा प्रकाशित समाचार, लेख तथा सडकका भाषण गरिएका विषयमा समेत अपडेट भइरहेका हुन्छन्। र, सार्वजनिक कार्यक्रम तथा संसद्‌मा बोल्ने अवसर पाउँदा त्यसको प्रतिवाद गर्छन्।

नेपाली बुद्धिजीवीका बारेमा पनि ओलीको खासै सकारात्मक धारणा छैन। उनको अभिव्यक्ति सुन्दा उनलाई बुद्धिजीवी पटक्कै मन नपर्ने अनुमान गर्न गाह्रो पर्दैन। कारण, उनले बुद्धिजीवीबारे सकारात्मक बोलेको सुन्न मुस्किल छ।

उनी बुद्धिजीवीलाई कहिले 'फर्सी / फर सी' सँग तुलना गर्छन् भने, कहिले मुसासँग। उनी बुद्धिजीवीलाई कठैबरी, माया लाग्छ भन्ने जस्ता व्यंग्य पनि प्रयोग गर्छन्। सरकारबाहिर कुनै अमुक दलको अध्यक्षको हैसियतले मात्रै होइन, प्रधानमन्त्री भइसकेको अवस्थामा पनि उनको पूर्वाग्रह जारी नै छ। केही दिनअघि पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले बुद्धिजीवीहरुलाई विवेक कहाँ लगेर कतिमा बन्धक राखेको भन्न समेत भ्याए।

पहिलोपटक प्रधानमन्त्री हुँदा उनले बुद्धिजीवीले आफूलाई हैरान बनाएको सार्वजनिक रुपमै भनेका थिए। ०७३ जेठ ६ गते राजधानीमा आयोजित प्रेस चौतारी नेपालको महाधिवेशन उद्‌घाटन समारोहमा सम्बोधन गर्दै त्यतिबेला समेत प्रधानमन्त्री रहेका ओलीले आफ्ना कुराले बुद्धिजीवीहरु छटपटाएको बताएका थिए। उनले थपेका थिए– बुद्धिजीवीहरु भन्नाले इनभर्टेड कमावाला बुद्धिजिवी। उनीहरुलाई घोडाले जोर लात्ती हानेजस्तो भएको छ।

त्यसपछि पनि उनले बुद्धिजीवीको आलोचना गर्न छाडेका छैनन्। नेपाल लाइभले उनै ओलीको केही भाषणमा प्रयोग भएको बुद्धिजीवीको प्रसंगहरुलाई सम्झिने प्रयास गरेको छ:

सन्दर्भ एकः 
तत्कालीन नेकपा एमालेले २०७३ फागुन २१ देखि 'मेची–महाकाली राष्ट्रिय अभियान २०७३' सुरु गरेको थियो। तर, अभियानकै क्रममा फागुन २३ मै मलेठ घटना घट्न पुग्यो। मधेस विद्रोही मनोदिशामा रहेको बेला एमालेले त्यसरी कार्यक्रम गरेर मधेसलाई झनै उत्तेजित बनायो भनेर आलोचना भयो। त्यसरी आलोचना गर्ने बुद्धिजीवीलाई ओलीले आलोचना गरे। सोही अभियानपछि चैत ९ गते काठमाडौं आयोजित धन्यवाद कार्यक्रममा ओलीले बुद्धिजीवीलाई आलोचना गरे। कार्यक्रममा उनले भनेका थिए– 

'हामी दुई नम्बर प्रदेशमा अभियान चलाउँछौं। अझ प्रभावकारी ढंगले सञ्चालन गर्छौं। एमालेको अभियानलाई पस्न दिन्नौं भन्ने अराजनीतिक, अलोकतान्त्रिक अपराधिक जुन प्रवत्ति छ, लोकतन्त्रमा त्यो प्रवृत्ति मान्य र स्वीकार्य हुन सक्दैन। केही 'सो कल्ड' बुदधिजीवीहरु, अरुले खुवाइदिएको ट्याब्लेटले बोलेका कुरा हुन्, तिनीहरु भन्ने गर्छन्– 'नजाऊ भनेपछि किन जाने?'

Ncell 2
Ncell 2
nimb
nimb

बिचराहरु! ती बुद्धिजीवीहरु देखेर माया लाग्छ। त्यसैकारण मैले भनेको हो, बुद्धिजीवी बिग्रियो भने 'श्रीमान गम्भीर' लेख्न थाल्छ। त्यही बुद्धिजीवी सप्रियो भने 'यो नेपाली शीर उचाली' भनेर लेख्न थाल्छ। हेर्दाखेरी कोहीकोही बुद्धिजीवी 'फर सी' मात्रै छन्।

एउटा अमेरिकनले यहाँ रत्नपार्कमा ठूलो फर्सी देखेछ। अनि किन्न खोजेछ। के हो यो भनेपछि अब पम्पकिन भन्ने त बेच्ने मान्छेलाई थाहा थिएन; फर्सी भन्यो। उसले भन्यो– ए 'फर सी'।

उसले लिएर गयो। हावासावा नआउनेगरी जतनसँग सिसाको फ्रेममा राखेछ। अलि पछि बाहिरैसम्म गन्ध आउन थाल्यो। के हुन थाल्यो भनेर यसो छोइहेरेको भित्रभित्र खत्तमै भइसकेछ। अनि उसले बुझेछ, एज! मलाई भन्न त भनेको थियो (फर सी), मैले छोएँ। छोएपछि प्वाल पर्‍यो। प्वाल परेपछि खत्तम हुँदो रहेछ। त्यसकारण उसले फर सी  (हेर्नका लागि) भनेको रहेछ भन्ने सोचेछ।
नेपालमा पनि 'फर सी' बुद्धिजीवीहरु छन्। फर्सी बुद्धिजिवीहरु चलाउनका काम छैन, छाड्दिनुहोस्।

ती बुद्धजिवीहरु कहिले स्वस्तीश्री गिरिराज चक्र चुणामणी लेख्छन्, कहिले श्रीमान गम्भीर नेपाली लेख्छन्। त्यो मजदूर किसानले लेखेको होइन है। त्यो बुद्धिजिवीले लेखेको हो, तपाईंहरुले याद गर्नुस् है। स्वस्तीश्री गिरिराज चक्र चुडामणी नरनाराणात्य विविध विरुदवली…तपाईँहरुले बुझ्नुभो यो के भनेको? सबै पढेलेखेकै हुनुहुन्छ यहाँ तर, बुझ्नुभएन। भनेपछि, यो सानोतिनो बुद्धिजिवीले लेखेको होइन।'

सन्दर्भ दुईः
२०७५ बैशाख १० गते तत्कालीन एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजीवीको आलोचना गर्न भ्याए। त्यहाँ उनले बुद्धिजीवीलाई मुसासँग तुलना गरे। उनले भने– 

'जो लेखेर जीविका चलाइरहेका छन्, त्यो राम्रो हो। तर, कतिपयले लेखेको देखेर मलाई नमज्जा लाग्छ। मुसाले दाँतमा धार लगाइराखेन, केही काटिरहेन भने त्यसको दाँत लामो हुन्छ। त्यसले चाहिएको बेला केही काम गर्दैन। त्यो बांगिएर काम नलाग्ने हुन्छ। त्यसैले मुसाले दाँतमा धार लगाउन, छोट्याउन, तेजिलो बनाइराख्नका लागि काटिरहनुपर्ने हुन्छ।

त्यसले तपाईंको घरको कपडा काट्छ। तर, नोक्सान गर्न भनेर काटेको होइन। बिचरा उसले आफ्नो दाँतमा धार लगाउँछ। थाङ्ना कपडा काटिदिए हुन्थ्यो नि, माइती जानेको साडी काटिदिन्छ, ससुराली जानेको सुट काटिदिन्छ। त्यसले बुझ्दैन किनकि त्यो मुसा हो।

तर बुद्धिजीवीले दाँतमा धारै लगाउनको निम्ति देशलाई नोक्सान पार्नेगरी किन धार लगाउने? रारा ताललाई महेन्द्रताल भन्दिएको छ। महेन्द्र जन्मिनुभन्दा लाखौं करोडौं वर्षअघि रारा ताल थियो। कठैबरी।

विकासको कुरा गर्ने केपी ओलीले? विकासको कुरा त महेन्द्रले पनि गरेका थिए। यो महेन्द्रपथमा गएकै हो। अचम्म लाग्छ। खालि सहानुभूति राख्न सकिन्छ त्यस्ता बुद्धिजीवीलाई।

बाबुआमाले कस्ता राम्रा-राम्रा तर्क गर्ने, राम्रो-राम्रो विश्लेषण गर्ने, कस्तो विद्वान बनाउँला भनेर कलेज र विश्वविद्यालयमा छोरो पठाए। छोरो त विकास भनेको महेन्द्रीय विकास पो हुन्छ, विकास भनेको महेन्द्रपथ भयो पो भन्छ। सर्टिफिकेट लिएको छ विश्वविद्यालयको तर भन्छ त्यसो। अब बाआमा पनि छक्क पर्ने भएनन्। हेर खर्चको नाश!'

सन्दर्भ तीनः
गत साउन ७ गते काठमाडौंको सभागृहमा आयोजित पुष्पलालको ४० औं स्मृतिसभामा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गरेका थिए। झण्डै ७० मिनेट बोलेका उनले धेरैजसो समय कांग्रेस, डा केसी र उनका समर्थकलाई गाली गर्न भ्याए। त्यही घानमा परे बुद्धिजीवीहरु। उनले दुईवटा प्रसंगमा बुद्धिजीवीको आलोचना गरे। उनले भनेका थिए– 

'केहीकेही विद्वान बुद्धिजीवीहरु देखेर फेरि पनि माया लाग्छ मलाई। कठैबरी! घरपरिवारले तिनका लेखहरु पढेर कति जिस्काउँदा हुन्। कति धिक्कार्दा हुन्? माया पनि लाग्छ तिनको मलाई। तिनको बाध्यता के हो सधैं नराम्रै कुरा लेख्नुपर्ने? अचम्म लाग्छ।

म बहसका लागि उहाँहरुलाई आग्रह गर्न त सक्दिनँ। किन सक्दिनँ भने उहाँहरु धेरै विद्वान हुनुहुन्छ। उहाँहरुले धेरै ठाउँमा आफ्नो विद्वताको बखान पनि गर्नुभएको छ। अहिले मैले भनेका कुराहरुलाई उहाँहरुले उखान टुक्का भन्नुहुन्छ।

यत्रायत्रा विद्वानलाई मैले कसरी बोलाउनु? आमन्त्रण गरौं बहसका लागि? तर यदी उहाँहरु ईच्छा गर्नुहुन्छ भने बहसका लागि आउनुभए हुन्छ। हामी बहसका लागि तयार छौं।

केही महान बुद्धिजीवी देखेर अचम्म लाग्छ। कठैबरी! यतिसाह्रो विवेक कहाँ लगेर कतिमा बन्दक राखेको? कसरी बन्दक हुन्छ, यति साह्रो विवेक? सही कुरा त अलिकति गर्नसक्नु पर्‍यो नि!'

प्रकाशित मिति: आइतबार, साउन १३, २०७५  ००:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्