जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले धनुषाको लक्ष्मिनियाँ गाँउपालिका– ३ बनिगामामास्थित दलितबस्तीमा झाडु लगाएका छन्।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मुख्यमन्त्री राउतले कुसे मरिकको घरमा झाडु लगाउँदै स्थानीयवासीहरुलाई स्वच्छता अभियानमा जुट्न आग्रह गरे।
परड्याप्स संस्थाले सञ्चालन गरेको खानेपानी योजनाको शिलान्यास गर्न पुगेका मुख्यमन्त्री राउतले मरिककै घरमा चापाकलको शिलान्यास समेत गरेका थिए।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार विकासका साथसाथै समाजिक रुपान्तरणलाई मुख्य आधार बनाएर अगाडि बढि रहेको बताए।
दलित बस्तीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले स्वच्छता र शिक्षा विकासको मुल आधार रहेको बताउँदै यसमा लाग्न सर्वसाधारण आग्रह समेत गरे।
यस खानेपानी आयोजना अन्तर्गत १४२ वटा चापाकलका साथै स्वच्छतासँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।