काठमाडौं – फिल्म ‘मेरी मामु’को शिर्ष गीत ‘आमा’को सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा एक औपचारिक कार्यक्रमकाबीच सार्वजनिक गीतमा ७ वर्षीय अयुव सेनको अभिनय रहेको छ।
भिडियोमा बालकलाकार अयुव सेनको अभिनय निकै मार्मिक र उत्कृष्ट देखिन्छ। उनको अभिनयलाई युट्युवमा दर्शकहरुले खुलेर प्रशंसा गरेका छन्।
फिल्म ‘मेरी मामु’बाट अयुव पहिलोपटक पर्दामा देखिँदैछन्।
रवि मल्लको शब्द कल्याण सिंहको संगीत तथा रोहित जोन क्षेत्रीको स्वरमा रहेको गीतमा मातृशोकलाई व्यक्त गर्न खोजिएको छ। गीतमा अयुवको अभिनयले मृत आमाप्रतिको प्रेमभावलाई दर्शाएको छ।
यम थापाको निर्देशन रहेको फिल्म ‘मेरी मामु’लाई अयुवका बुबा सन्तोष सेनले निर्माण गरेका हुन्।
चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २ जस्ता सफल फिल्म निर्माण गरेको आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘मेरी मामु’ आउँदो भदौ १५ गतेबाट प्रदर्शनमा आउने छ।
'आमा' गीतकाे भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।