• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राष्ट्रपति भण्डारीद्वारा किताब जात्राको पाँचौं संस्करण उद्घाटन

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २४, २०७९  १८:१२
1140x725

काठमाडौं– किताब जात्रा–२०७९ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सुरु भएको छ। किताब यात्रा फाउन्डेसनले हरेक वर्ष गर्ने आयोजना गर्ने जात्राको पाचौं संस्करण शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।

जात्रा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अनेकन भाषा र वाङ्मय भएको देशको कला साहित्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन जात्राले निकै महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

‘समाज परिवर्तनका लागि ज्ञान अनिवार्य छ। र, ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ’, उद्घाटन मन्तव्यमा उनले भनिन्, ‘यस सन्दर्भमा किताबलाई अध्ययन र जात्रालाई संस्कृतिको बिम्बको रूपमा व्याख्या गर्दै किताब जात्राले राखेको अध्ययन जीवनसँग एकाकार हुने अनिवार्य साँस्कृतिक कर्म बन्नुपर्छ भन्ने उद्देश्य महत्वपूर्ण छ।’ 

अध्ययनले सत्य खोज र तथ्य पहिचानको क्षमता निर्माण गर्ने बताउँदै उनले त्यसैको जगमा समाज समृद्ध हुने उल्लेख गरिन्। उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्‍याउने उद्देश्यले किताब यात्राले चलाएका समुदायमा पुस्तकालय, जेलमा पुस्तकालय, प्रविधिमैत्री ई–पुस्तकालय, सार्वजनिक स्थलमा सार्वजनिक पुस्तकालय जस्ता सामाजिक अभियानको प्रशंसा गरिन्। 

जात्राको अवसरमा उनले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ’प्रेम साहित्य सम्मान’ र ’सत्यमोहन’ किताबका लागि गिरीश गिरिलाई ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिन्। १ लाख ११ हजार १११ रुपैयाँ राशि रहेको ‘प्रेम साहित्य सम्मान’ नेपाली वाङ्मयमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई हरेक वर्ष प्रदान गरिने जात्राका निर्देशक ऋषिराम अधिकारीले बताए। गतवर्ष शताब्दी पुरुष सत्यमोहन जोशीलाई उक्त सम्मान प्रदान गरिएको थियो। सम्मानबाट साहित्यकार सरुभक्त र जसराज किराँती सम्मानित भइसकेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अधिकारीका अनुसार अनलाइन बुक स्टोर किताब यात्रा डटकमबाट वर्षभरिमा सबैभन्दा बिक्री हुने किताबलाई ’बेस्ट सेलर अवार्ड’ प्रदान गरिन्छ। गत वर्ष जीवा लामिछानेलिखित ’देशदेशावर’ले अवार्ड प्राप्त गरेको थियो। त्यसअघिका वर्षमा अमर न्यौपानेलिखित उपन्यास ’गुलाबी उमेर’ र विजयकुमार लिखित ‘सम्बन्धहरू’ले अवार्ड प्राप्त गरेका थिए। 

जात्रामा वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रबारे विमर्श हुने गरेको छ। त्यसै सन्दर्भमा शुक्रबार सात वटा विमर्शका सत्रहरू सञ्चालन भएको महोत्सव संयोजक सुवास अर्यालले बताए। पहिलो सत्रमा उद्यमी शिक्षित भट्ट र कवि विप्लव प्रतीकबीच ’चिन्तन–मनन’ शीर्षकमा संवाद भयो भने टेलिभिजन बहसकर्ता टीकाराम यात्री र राजेन्द्र बानियाँले प्रश्न–प्रतिप्रश्न शीर्षकमा रहेर बहस–विमर्शको पृष्ठकथा सुनाए। ’डिजिटल नेपालः दृश्य–परिदृश्य’ शीर्षकमा बैंकर अनिल उपाध्याय र किरणकुमार श्रेष्ठका साथमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विमर्श गरे। जसको सहजीकरण एपी वान टेलिभिजनकी सह–सम्पादक सञ्चारकर्मी समा थापाले गरेकी थिइन्।

’चलचित्र चरित्र’ शीर्षकमा अभिनेत्रीत्रय भुवन चन्द, गौरी मल्ल र मिथिला शर्माले आफ्नो चलचित्र जीवनबारे रङ्गकर्मी सरस्वती अधिकारीका साथ छलफल गरे। लेखक बसन्त बस्नेत, छुदेन काविमो र सरस्वती प्रतीक्षाले ‘मौलिक स्वर’ शीर्षकमा सञ्चारकर्मी भूपेन्द्र खड्काका साथ बहस गरे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जात्रामा सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’, सञ्जय बिष्टको आख्यान ‘माटाको घर’ र मनप्रसाद सुब्बाको समालोचना–किताब ‘काव्यास्था’ विमोचन भएको किताब यात्रा डटकमका सिइओ विकेश भट्टराईले बताए। उनका अनुसार साँझ ५ बजे दृश्य सादृश्य समूहको नाट्यप्रस्तुति ‘अक्षरारम्भ’ प्रदर्शन हुनेछ भने त्यसपछि प्रख्यात भारतीय कलाकार पीयूष मित्राको विशेष प्रस्तुति रहनेछ।

जात्रा भोलि शनिबारसम्म जारी रहने फेस्टिभल क्रियटिभ डाइरेक्टर कला अनुरागीले जानकारी दिए। शनिबार ‘अनुवाद मनोभाव’ शीर्षकमा अनुवादकहरू मोहन मैनाली, स्वरूप आचार्य र सगुना शाहले सुरेश बडालका साथ बहस गर्नेछन्। त्यस्तै ‘आख्यान–ख्याख्यान’ शीर्षकमा दीपक सापकोटाले आख्यानकार नारायण ढकाल, नयनराज पाण्डे र प्रगति राईसँग विमर्श गर्नेछन्।  

साहित्यकार उमा सुवेदी, प्रभा बराल र बिना थिङका साथमा मनिषा गौचनको बहस ‘बिम्ब–प्रतिबिम्ब’ शीर्षकमा हुनेछ। शनिबार ‘कञ्चनजङ्घा जुहार’ पुस्तक सार्वजनिक हुनुका साथै विशेष काव्य प्रस्तुति पनि रहनेछ। ‘काव्य सन्ध्या’ नाम दिइएको सत्रमा कवि डा नवराज लम्साल, धीरेन्द्र प्रेमर्षी, शकुन्तला जोशी, बाबु त्रिपाठी र सुदेश सत्यालले कविता प्रस्तुत गर्नेछन्।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
सम्बन्धित सामग्री
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बि... मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्