राजविराज– इँटाभट्टाभित्र रहेको पानीको खाल्डाेमा डुबेर शुक्रबार सप्तरीमा एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
रुपनी गाउँपालिका–३ का रामलखन मण्डलकी छोरी मानकी कुमारीको डुबेर मृत्यु भएको हो।
स्थानीय आनन्द इँटा उद्योगको हाताभित्र रहेको पानीको खाल्डाेमा डुबेर बालिकाको मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।