• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १०, २०८२ Sun, Feb 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डा केसीसँग सहमति जुट्नुअघिको सकस

64x64
नेपाल लाइभ शुक्रबार, साउन ११, २०७५  १६:०५
1140x725

सरकारले पटक–पटक सम्झौता गर्दै धोका दिएको भन्दै यसपटक सर (डा गोविन्द केसी) जुम्लामा अनसन बस्न पुग्नु भएको हो। उहाँले अनसन सुरु गर्ने निधो गरेर गएपछि हामीले पनि यहाँ एउटा टिम बनाएर छलफल अगाडि बढाइरहेका थियौं। जुम्लामा उहाँलाई सहयोग गर्न किशोर केसी थिए। पछि भाई विशद दाहाल र नारायण कँडेल पनि पुगे। 

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै टिमले उहाँलाई सहयोग गरिरहेको थियो। हामीले निरन्तर अपडेट लिइरहेका थियौं। तर, सरकार सुरुदेखि नै केसी सरलाई पेलेर नै जाने नीतिमा थियो। केसी सर जुम्ला नपुग्दै निषेधित क्षेत्र लगाउनेदेखि पक्राउ गरेर हिरासतमा लैजानेसम्मको काम भयो। यो देखेपछि हामीले यता पनि आवाज बुलन्द बनाउनुपर्छ भनेर छलफल गर्यौं।

यसका लागि हामीले केसी सरको आन्दोलनमा विगतदेखि नै सहयोग गर्दै आएका सबैलाई भेट्दै छलफल पनि जारी राख्यौं। तर, सरकारले उपचार पनि गर्न नदिने, बत्ती नै नभएको फोहोरी कबर्डहलमा राखेर पेलेरै जाने नीति लिएपछि हामी थप चिन्तित भयौं। हामीले सबै राजनीतिक दलका नेतालाई पनि भेटेर छलफल अगाडि बढाउने निधो गर्यौं। 

डा केसीको मागमा सुरुदेखि नै समर्थन गर्दै आउनु भएका नेपाली कांग्रेसका नेता गगन थापासँग पनि हामीले कुराकानी गर्यौं। उहाँले डा केसीको ‘समर्थनमा म सँधै साथमा छु संसदमा पनि आवाज उठाउँछु’ भनेर हामीलाई हौसला दिनुभयो। त्यसपछि हामीले नेकपाकै केही नेताहरुलाई पनि भेट्यौं। उहाँहरुले पनि हामीलाई भित्रभित्रै सहयोग गर्नुभयो। तर, बाहिर खुलेर आउन भने सक्नु भएन। 
डा केसीको अनसन जारी नै थियो। तर, सरकारले वार्ता टोली समेत गठन गर्न मानिरहेको थिएन। उता डा केसीको स्वास्थ्य बिग्रिरहेको थियो। हामी डराइरहेका थियौं।

अनसको १६औं दिन बितिसक्दा पनि सरकार डा केसीको मागमा गम्भीर थिएन। यहाँसम्म कि वार्ता टोली पनि गठन भएको थिएन। ‘यो पटक डा केसीलाई पेलेर जाने हो’, ‘दुई तिहाईको सरकारले देखाइदिन्छ’ भन्ने खालका खबरहरु बाहिर आइरहेका थिए। यस्तो स्थितिमा के गर्ने भनेर हामी चिन्तित थियौं। 

त्यहीबीचमा नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले फोन गर्नु भयो। नयाँ बजारमा उहाँसँग भेट्यौं र २–३ घन्टा छलफल भैसकेपछि उहाँले ‘प्रधानमन्त्री यो कुरा सुन्न तयार हुनुहुन्न। डा केसीलाई मनाउनुस् र काठमाडौं ल्याउनुहोस्, विधेयक दर्ता भइसकेकाले अगाडि बढ्छ, सम्झौता पनि हुँदैन’ भन्ने सन्देश दिनुभयो। 

हामीलाई पनि साँच्चिकै त्यही हो कि, जस्तो लाग्यो। किनभने सरकारले डा केसीको विषयमा कुनै चासो र चिन्ता देखाएकै थिएन। 

हामीले डा केसीलाई राम्रोसँग चिनेका छौं, उहाँ मर्न तयार हुनुहुन्छ, तर अनसन छाडेर आउनुहुन्न भन्ने जानकारी दियौं। त्यसपछि हामीले हाम्रो भेटघाटलाई झन् बाक्लो बनायौं। राजनीतिक दलका नेता, पेशाकर्मी, बुद्धिजिवी, नागरिक अगुवादेखि लेखक तथा कानुन व्यवसायीसम्मलाई भेट्यौं। 

Ncell 2
Ncell 2

पछि फेरि नारणकाजी सरले फोन गरेर ‘वार्ता टोली गठन गरिदिन्छौं तर डा केसीलाई काठमाडौं ल्याउनुपर्छ’ भनेर सर्त राख्नु भयो। 

हामीले डाक्टर केसीलाई सोध्नुपर्छ भन्यौं। केसी सरलाई हामीले साधेपछि उहाँले अहिले दर्ता भएको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा मान्य हुँदैन। उक्त विधयेक संसदबाट फिर्ता लिनुपर्छ अनि मात्र म आउँछु’ भन्नु भयो। सुरुमा त डा केसीले स्थगन मात्र गरे पनि हुन्छ भन्नुभएको थियो। तर, सरकारले पेलेर जान थालेपछि उहाँले स्थगन मात्र होइन फिर्ता नै लिनुपर्छ भन्नुभयो। 

त्यसको भोलिपल्ट अर्थात् केसी सर अनसनमा बसेको १७औं दिन असार ३२ मा बल्ल सरकारले वार्ता टोली गठन गर्यो। त्यतिबेलासम्म केसी सरको स्वास्थ्य बिग्रिसकेको थियो। 
वार्ता टोलीसँग शिक्षा मन्त्रालयमा हामीले छलफल गर्यौं। तर, पहिलो नम्बरको विधेयकको विषयमा नै छलफल नगर्ने कुरा भयो। उहाँहरुले विधेयकको विषयमा छलफल गर्ने म्यान्डेट नै छैन भन्नुभयो। त्यसपछि हामीले यसरी वार्ता गर्न सकिँदैन भन्यौं। हाम्रो कुरापछि उहाँहरुले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेट गराउनु भयो। 

तर, शिक्षामन्त्रीको प्रस्तुति चाहिँ एकदमै कडा रुपमा आयो। उहाँ गोविन्द केसी यो हो, त्यो हो भनेर एकदम आलोचनात्मक रुपमा प्रस्तुत हुनुभयो। त्यो हामीलाई चित्त बुझेन। त्यसपछि हामीले यो विधयेक के हुन्छ भनेर जिज्ञासा राख्यौं। उहाँले विधयेक अगाडि बढ्छ भनेपछि हामीले त्यसो भए यही अवस्थामा डा केसी काठमाडौं आउन मान्नुहुन्न भन्ने जानकारी गराएर निस्कियौं। 

अनसनको १९औं दिन डा केसीको स्वास्थ्य एकदमै बिग्रियो भन्ने खबर आयो। त्यो खबरले हामी निकै अत्तालियौं। सरकारी वार्ता टोलीका एक सदस्य जो गृहमन्त्रालयका सहसचिव हुनुहुन्थ्यो उहाँले ‘डा केसीलाई काठमाडौं ल्याउनुपर्छ, दुई दिन मात्र मौसफ सफा हुने भएकाले तुरुन्तै ल्याउनुपर्छ’ भन्नु भयो। यो कुरा हामीले केसी सरलाई जानकारी गरायौं। उहाँले मेरो माग पूरा भयो भने म मौसम सफा भएपछि आफैं आउछु चिन्ता नगर, माग पूरा नभए त कुनै पनि हालतमा काठमाडौं आउँदिन भन्नुभयो।

तर, त्यहीबीचमा नेपाली सेनाको हेलिकोप्टर उहाँलाई लिन जाने कुरा आयो। नेकपाको सचिवालय बैठकले पनि डा केसीलाई जसरी पनि काठमाडौं ल्याउने निर्णय गरेको थियो। सरकारी वार्ता टोली अनसनको २०औं दिन हामीसँग संवाद नै नगरी जुम्ला गयो। जुम्लामा स्थानीयले अवरोध गरेको कुरा आयो। त्यसपछि त सरकारले अस्पतालमा दमन गर्यो। प्रहरीको मृत्यु नै भयो भने झुटो खबर फैलाउने, अस्पतालका डाक्टर कर्मचारीमाथि लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने काम भयो। त्यो देखेपछि डा केसी नागरिकलाई दुःख दिने काम भयो भन्दै काठमडौं आउन तयार हुनुभयो। र, उहाँलाई त्रिवि शिक्षण अस्पताल ल्याइयो।

त्यसपछि दुई दिनसम्म सरकार पूरै संवेदनहीन देखियो। उनीहरुले उहाँको जीवन बचाउनु थियो, काठमाडौं ल्यायौं अब बचाउने जिम्मा तपाईंहरुको नै हो भनेर छाडिदिनुभयो। त्यसपछि सरकारी पक्षबाट नै डा केसीलाई समर्थकहरुले नै मार्न खोजिरहेका छन् भनेर अफबाह पनि फैलाइयो। तर, हामी सत्यको लडाइँमा थियौं। हामी निडर भएर अगाडि बढ्ने अठोटमा थियौं।

त्यो बीचमा डा केसीको समर्थनमा देशैभरबाट आवाज उठिरहेको थियो। सरकारका झुटा कुरा सर्वसाधारणले पत्याएका थिएनन्। 

केसी सरलाई काठमाडौं ल्याइएको तेस्रो दिनमा नेकपाका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले फोन गरेर भेटौं भन्नभुयो। उहाँसँग भेटघाट भयो। उहाँले यो कुरा तत्काललाई गोप्य नै राखौं फेरि कुरा बिग्रने खतरा रहन्छ भन्नुभयो। हामीले पनि उक्त कुरा गोप्य नै राख्यौं। उहाँसँग झन्डै तीन घन्टाको छलफल भयो। उहाँले डा केसीका सबै माग र विषय राम्रोसँग बुझ्नु भयो। उहाँ भोलिपल्ट नै नेपालबाहिर जानुपर्ने भएका कारण उहाँले मोटामोटी आफूले प्रधानमन्त्रीलाई के–के कुरा ‘कन्भिन्स’ गर्नुपर्छ भनेर टिपोट पनि गर्नु भयो। र, उहाँले प्रधानमन्त्रीलाई सबै कुरा विस्तृतमा बताउनु भयो। 

त्यसपछि उहाँले अब यो विषयमा सुवास नेम्वाङले सबै कुरा मिलाउनुहुन्छ भनेर जानकारी गराउनु भयो।

प्रदीप ज्ञवाली विदेश गएपछि सुवास नेम्वाङ सरको फोन आयो। हमीले भेटेर विधेयकका मस्यौदामा कुरा गर्यौं। उहाँले तपाईंहरुको असहमतिको बुँदा दिनुहोस् भन्नुभयो। हामीले केसी सरले भनेअनुसारकै मस्यौदा बनाएर दियौं। त्यसपछि उहाँले तपाईंहरु सरकारी वार्ता टोलीसँग बसेर छलफल गर्नुहोस् यी कुरा मिल्छ भन्नुभयो। 

हामी हुन्छ भनेर वार्तामा गयौं। तर, विडम्बना सरकारी वार्ता टोलीले अझै म्यान्डेट छैन नै भन्यो। फेरि दुई दिन लम्बियो। म्यान्डेट नै नभएको समितिसँग वार्ता हुँदैन भन्ने हाम्रो निचोड थियो। त्यसपछि पुनः नारायणकाजी सरले राति १० बजे फोन गर्नुभयो। हामी उहाँको निवासमा राति नै पुग्यौं। करिब डेढ घन्टा छलफल भयो। 

उहाँले ‘सबै कुरा डा केसीले भनेको जस्तो हुँदैन, केही कुरा मान्नुपर्छ बाँकी भएको अगाडि बढ्दै जानुपर्छ’ भन्नुभयो। तर, हामीले केसी सर मान्नुहुन्न भन्यौं। हामी त्यहाँबाट निस्केको ५ मिनेट पछाडि प्रधानमन्त्रीको स्वकीय सचिवबाट फोन आयो। यसतिबेला रातको साढे ११ बजेको थियो। यो अनसनको २६औं दिनको राति थियो।

हामी सिधै बालुवाटार पुग्यौं। हामी पुग्दा त्यहाँ प्रधानमन्त्रीको चिकित्सक डा दिव्यासिंह शाह हुनुहुन्थ्यो। उहाँले प्रधानमन्त्रीले यी विषयमा माथेमा सर, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा लगायतसँग छलफल गरिसकेकाले अब कुरा मिल्छ भन्नुभयो। त्यसपछि प्रधानमन्त्री आउनु भयो। उहाँलाई हामीले विषयवस्तुबारे जानकारी गरायौं। उहाँले यी सबै कुरा चिकित्सा शिक्षाको गुणस्तरसँग जोडिएकाले यो विषय मेरो विषय हो भन्नुभयो। मेरो विषय र डा केसीको माग गुणस्तरका विषयमा एकै रहेछ भनेर सकारात्मक कुरा गर्नुभयो। 

प्रधानमन्त्रीले डा दिव्या र स्वकीय सचिव राजेश बज्राचार्यलाई ‘तपाईंहरु विषयवस्तु बुझ्नुहोस् टिपोट गर्नुहोस् र मलाई भोलि बिहान भन्नुहोस्’ भनेर निस्कनु भयो। त्यो रातभरि हामी छलफलमा बस्यौं। करिब बिहानको ४ बजेतिर हामी बालुवाटारबाट निस्कियौं। उहाँहरुले सबै टिपोट गरेर बिहान प्रधानमन्त्रीलाई ब्रिफ गर्नु भएछ। त्यसपछि साढे ९ बजे फोन गरेर बालुवाटारमा बोलाउनु भयो।

त्यहाँ हामीले भनेका सबै विषय थिए, तर एउटा बुँदा हटाइएको थियो, काठमाडौं उपत्यकाभित्र  १० वर्ष सम्बन्धन दिने कि नदिने भन्ने कुरामा थोरै परिवर्तन भएको थियो। हामीले यो सबै कुरा तयारी भएपछि केही सर्तमा जाने भनेका थियौं। बाँकी रहेका मागलाई सम्झौता गर्न र सम्झौतालाई ड्राफ्ट गर्न प्रधानमन्त्री कार्यालय सिंहदरवार पुग्यौं। त्यहाँ सरकारी टोलीसँग बसेर सबै कुरा फाइनल गरिसकेपछि केसी सरकहाँ पुग्यौं। उहाँले १० वर्षको विषयमा माथेमा कार्यदलको प्रतिवेदन अनुसार नै हुनुपर्छ भन्नुभयो। उहाँले ‘म मृत्युशय्यामा छु, त्यसकारण व्यापारीलाई फाइदा गर्ने नीतिमा कम्प्रमाइज गर्दिन’ भन्नुभयो। त्यसपछि फेरि बालुवाटार गएर प्रधानमन्त्रीसँग सल्लाह भयो। त्यहाँ माथेमा सर, धर्मकान्त सर, दिव्या म्याम पनि हुनुहुन्थ्यो। हामी वार्त टोलीका सबै सदस्य र डा सुमन आचार्य पनि त्यहाँ गएर केसी सरको कुरा प्रधानमन्त्रीलाई भन्यौं। उहाँले हुन्छ सहमति गरौं भनेपछि डा केसीसँग अन्ततः सहमति भएको हो। 

तर, यो बीचमा डा केसीको मागमा सुरुदेखि नै जोडिँदै आउनु भएका गगन थापा र ओमप्रकाश अर्यालमाथि आरोप पनि लगाइयो। उहाँहरुले वार्ता भाँडेको भनेर कुप्रचार समेत गरेको पाइयो। वास्तवमा उहाँहरुले वार्ता भाँड्ने कुनै काम गर्नुभएको होइन। उहाँहरुले त जति सक्दो छिटो यो विषय टुंगिएर डा केसीले अनसन बस्ने अवस्थाको अन्त्य होस् भन्ने चहनु भएको थियो। गगन थापाले डा केसीको समर्थनमा विगतमा आफ्नै पार्टीविरुद्ध समेत आवाज उठाउनु भएको थियो। उहाँ डा केसीको मुद्दामा कांग्रेस नेताभन्दा पनि एक अभियन्ताकै रुपमा स्थापित भइसक्नु भएको छ।

उहाँले कसरी डा केसीसँगको वार्ता भाँड्न खोज्नु हुन्छ? बरु यो अभियान सफल बनाउन उहाँहरुको ठूलो योगदान छ। डा केसीको मागलाई तोडमोड गरेर राजनीतिक इस्यु बनाउन केही तत्वले अनवाश्यक हल्ला गरेका थिए। तर, उनीहरु सफल हुन सकेनन्। 

ओमप्रकाश सरले डा केसीलाई मानहानी मुद्दा लागेको समयमा कानुनी रुपमा निकै सहयोग गर्नुभएको थियो। त्यसकारण उहाँ डा केसीका हरेक विषयमा कानुनी रुपमा सल्लाह दिनुहुन्छ। तर, उहाँलाई पनि गगन थापालाई जस्तै बदनाम गर्ने नियतले विभिन्न आरोप लगाइयो। जुन आरोप अन्ततः झुटो सावित भयो र सत्यको जित भयो।

यो जितको पछाडि धेरैको हात छ। यो डा केसीको मात्र जित नभई ३ करोड नेपालीको जित हो। यो अभियानमा साथ दिने नेपाल चिकित्सक संघ, जुम्लाका स्थानीय, प्रतिष्ठानका सम्पूर्ण डाक्टर तथा कर्मचारी, काठमाडौंका सडकमा उत्रने सबै वर्ग, त्रिवि शिक्षण अस्पतालदेखि वीर, धरान हुँदै देशभरका डाक्टर तथा स्वास्थ्यकर्मी, सर्वसाधारण तथा सञ्चार जगत सबैको साथ छ। उहाँहरु सबैलाई धन्यवाद।

(डा सिंह डा केसीको पक्षबाट वार्ता टोलीका संयोजक हुन्)

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०७५  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचनमा सुरक्षाका लागि तराईको अवस्था बुझ्न एआईजी चतुर्वेदीलाई खटाइयो
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन्
हुम्ला पुग्यो निर्वाचन सामाग्री
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
निर्वाचनमा सुरक्षाका लागि तराईको अवस्था बुझ्न एआईजी चतुर्वेदीलाई खटाइयो शनिबार, फागुन ९, २०८२
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन् शनिबार, फागुन ९, २०८२
हुम्ला पुग्यो निर्वाचन सामाग्री शनिबार, फागुन ९, २०८२
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार शनिबार, फागुन ९, २०८२
रास्वपाले चुनाव नजित्ने देखेपछि अराजक गतिविधि गर्न थाल्यो : ओली शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्