चितवन– नेपाली कांग्रेसले सभामुख र उपसभामुखको मुद्दा चर्काउने तयारी गरेको छ। पार्टीका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन्।
शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो।’ हाल सभामुख र उपसभामुख दुवै नेकपाका छन्। दुवै पद एउटै पार्टीको नहुने संविधानमा व्यवस्था छ।
तर, निर्वाचन हुने बेलामा फरक फरक पार्टी भएकाले संविधानको व्यवस्था अहिले लागू नहुने नेकपाको दाबी छ।
डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उनले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए । केसीको माग पूरा गराउन विपक्षी दल काँग्रेसले पनि सहयोग गरेको उनको भनाइ थियो।
डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैँडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न यहाँ आएका देउवाले तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।